संघीय संसदका सदस्यले लिए शपथ

813 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

jesth-sadsya-sapathकाठमाडौं । निर्वाचन सकिएको तीन महिनापछि आइतबार प्रतिनिधिसभा सदस्यले शपथ लिएका छन् । संसद्का २७४ जना सांसदले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । कैलाली–१ बाट निर्वाचित राजपा सांसद रेशमलाल चौधरीबाहेकका सांसद्ले शपथ ग्रहण गरेका हुन् । उनीहरूलाई प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरले शपथ ग्रहण गराएका हुन् ।
सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको पहिलो बैठक आह्वान गरेकीले आइतबार शपथको कार्यक्रम तय भएको थियो । नेपालको संविधानको धारा ८८ मा संघीय संसद्का सदस्यले सदन वा त्यसको कुनै समितिको पहिलो बैठकमा पहिलोपटक भाग लिनुअघि संघीय कानुनबमोजिम शपथ लिनुपर्ने प्रावधान छ ।

प्रतिनिधि सभातर्फका ३८ सांसद्ले मातृभाषामा शपथ लिएको सचिवालयले जनाएको छ । यस्तै सांस्दहरूलाई दश मातृ भाषामा शपथ लिएको सचिवालयको भनाइ छ । शपथ ग्रहण समारोहमा सांसद्हरू आफ्नो जातीय पहिचान झल्कने पोशाकमा ठाटिएर संसद भवन प्रवेश गरेका थिए ।

प्रतिनिधि सभाको निर्वाचन मंसिर १० र २१ गरी दुई चरणमा भएको थियो । यस्तै केही बेरमा राष्ट्रियसभा सदस्यको शपथ ग्रहण हुनेछ । जेष्ठ सदस्य तारादेवी भट्टले ५६ सांसद्लाई शपथ गराउने छिन् । सरकारले मनोनीत गरेका ३ सांसदबारे सुनुवाई सरेकाले उनीहरूले शपथ लिने छैनन् । शपथ ग्रहण नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको थियो । सोही आदेश उपर सुनाइ सरेको हो । उनीहरूको सुनुवाइ सोमबार तय भएको छ ।