धादिङ महोत्सवमा ११ देशका कलाकारले देखाए प्रस्तुति

1146 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

5a9c1c9d83d6f

धादिङ –  नेपालसहित ११ देशका कलाकारले धादिङ महोत्सवमा प्रस्तुती देखाएका छन्।  ‘सम्वृद्ध धादिङको कामना एक घर एक व्यवसाय हाम्रो चाहना’ भन्ने नाराका साथ नीलकण्ठ नगरपालिका वडा नं ४ रायटारमा संचालन भएको धादिङ महोत्सवमा आइतबार प्रस्तुती गरेका हुन्।

नेपाल सहित बंगलादेश, कोष्टारिका, इष्टोनिया, ग्रिस, भारत, इन्डोनेसिया, इजरायल, इटली, मलेसिया, टर्की लगायतका देशहरुका कलाकारहरुले प्रस्तुती देखाएका हुन्।  आफ्नो देशको कला, संस्कृति तथा पहिचान झल्कने प्रस्तुती देखाएका हुन्। महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले पनि प्रस्तुती गरेका थिए नागरिक न्यूज डट कमले खबर लेखेको छ ।

महोत्सवको मुख्य आकर्षकको रुपमा हात्ती सफारी रहेको छ। महोत्सव अवधिभर हात्तीबाट धादिङवेसी बजार परिक्रमा तथा हेलिकोप्टरबाट जिल्लाको महत्वपूर्ण स्थलको अवलोकनको व्यवस्था पनि मिलाइएको आयोजक संस्थाका अध्यक्ष रामलाल श्रेष्ठले जानकारी दिए।

१२ दिनसम्म चल्ने महोत्सवमा कृषि प्रदर्शनी तथा बिक्री, दुध तथा दुग्धजन्य पदार्थको प्रदर्शनी तथा बिक्री, घरेलु व्यवासायीहरुको विशेष स्टलहरु, हस्तकला प्रदर्शनी, जिल्ला भित्रका खनिजजन्य पदार्थहरुको प्रदर्शनी तथा बिक्रीमा रहेको छ। त्यस्तै इलेक्टोनिक्स वस्तुहरुको प्रदर्शनी तथा बिक्री, सूचना प्रविधि सम्बन्धी जानकारी, अटो मोबाइल्सको प्रदर्शनी तथा बिक्री, विज्ञान तथा प्रविधिको प्रदर्शनी, धार्मिक तथा ऐतिहासिक स्थलहरुको फोटो प्रदर्शनी तथा प्रवद्र्धन, रमाइलो मेला तथा विभिन्न जातिय खानाका परिकारहरु रहेका छन्।

जिल्लाको साना तथा मझौला उद्योग व्यवसायको प्रवद्र्धन गर्दै स्वरोजारका लागि युवाहरुलाई आकर्षण गर्ने, जिल्लाको पर्यटन प्रवद्र्धन, जडिवुटी उत्पादन, खनिजजन्य उत्पादनलाई प्रचार प्रसार एवं व्यवस्थित गर्ने  उद्देश्यले साना तथा मझौला व्यवसायी महासंघ जिल्ला शाखा धादिङले महोत्सवको आयोजना गरेको हो।