जीवनभरमा केवल एकपटक मात्र नुहाउँछन् महिला

1073 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

मान्छेले जिवनमा एक पटक पनि नुहाउँदैन भन्ने सुन्दा तपाईलाई आश्चर्य लाग्न सक्छ । अफ्रिकाको उत्तरपूर्वी नामिबियास्थित कुनेन प्रान्तमा बस्ने हिम्बा जनजातीका महिलाहरु आफ्नो जिवनमा केवल एकपटक मात्र नुहाउँदछन् । त्यो पनि आफ्नो बिहे हुने बेलामा ।

उक्त समुदायका महिलालाई पानीको प्रयोग गर्न निषेध छ । यतिसम्म की उनीहरु लुगा धुन पनि पाउँदैनन् । यहाँका महिलाको सरीरको छालाको रंग पनि रातो हुन्छ । यसको पछाडि पनि ठूलो कारण छ ।

हिम्बा जनजातीका महिलाहरु नुहाउनुको साटो विशेष खालका जाडिबुटीहरुलाई पानीमा उमालेर त्यसबाट आउने वाफले आफ्नो सरीरलाई प|mेस राख्दछन् ताकी सरीरबाट दुर्गन्ध नआओस् । सोही कारणले कहिल्यै ननुहाउँदा पनि उनीहरुको सरीर दुर्गन्धित हुँदैन ।

प्राय जिउ नांगो राख्ने यस समुदयाका महिलाहरु आफ्नो छालालाई घामबाट बचाउनका लागि विशेष खालको लोसन लगाउँदछन् । यो लोसन जनावरको बोसो र हेमाटाइट नामक खनिजको धुलोलाई एकसाथ मिलाएर लेदो बनाई तयार पारिन्छ । हेमाटाइटका कारण छालाको रंग रातो भएको हुन्छ । यो लेपनका कारण उनीहरुको जिउलाई किराहरुले टोक्नबाट जोगाउँदछ ।

सरीरमा रातो रंग लगाउनुको अर्को कारणचाहीँ पुरुषहरुबाट अलग देखिनलाई पनि हो । सोही कारण यो समुदायका महिलालाई रेन म्यान पनि भनिन्छ ।-एजेन्सी