बसकोे ठक्करबाट नारायण खतिवडाको मृत्यु

967 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

सिम्ले २८ फागुन : धादिङको थाक्रे गाउँपालिकामा पर्ने सिम्लेको नमस्ते होटल नजिकै पृथ्वीराजमार्गमा   बसकोे ठक्करबाट एक जनाको जनाको ज्यान गएको छ ।

काठमाडौबाट पोखरातर्फ जाँदै गरेको ना ६ ख ३१७७ नम्बरको बसले सोमबार दिउसो ठक्कर दिंदा गल्छी गाउँपालिका वडा नं २, बस्ने ४५ बर्षिय नारायण खतिवडाको मृत्यु भएको  बैरेनी प्रहरी चौकीले जनाएको छ । बसको ठक्कर बाट घाईते भएका खतिवडाको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ ।

दुर्घटना पछि बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।