मलेसियामा अलपत्र सुनौलावजारका अर्जुन आईपुगे घर

2226 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका धादिङ जिल्ला नीलकण्ठ नगरपालिका निवुवास्वाँराका अर्जुन कार्की १२ बर्ष पछि शुक्रवार घर आईपुगेका छन् ।
लक्कि ओभरसिज मार्फत मलेसिया पुगेका कार्की २ बर्ष देखि मलेसियामा गैरकानूनी ढंगबाट बस्दै आईरहेका थिए । एक हप्ता अघि मलेसियाको क्यामरुन हाईलैन्डको कम्पुराजामा अलपत्र अवस्थामा कार्की भेटिएपछि प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी)का रामचन्द्र नेपालले परिवारको खोजी गरिदिन पहल गरेका थिए ।
नेपालको पहल पछि पिएनसिसि मार्फत सुरक्षित आप्रवासन परियोजना (सामी)ले कार्कीको परिवारको खोजी गर्दै उनिहरुलाई यस बिषयमा जानकारी गराएको थियो ।
कार्कीको परिवार संग सम्पर्क गराई आवश्यक कागज पत्र बनाई उनलाई उद्धार गरी नेपाल ल्याएर परिवारसंग भेट गराईएको सामी परियोजना धादिङका सूचना अधिकृत दिलवहादुर रम्तेलले वताए । कार्की शुक्रवार घर आईपुगेका हुन ।गैर कानूनी ढंगबाट मलेसिया बसेका कारण राम्रो रोजगारी नपाएपछि कार्की आर्थिक समस्यामा परेका थिए । घर फर्कने खर्च त परैजावोस भोक लागेको वेला खानेकुरा किनेर खाने रकम समेत साथमा नभएपछि सडकमा अलपत्र परेका कार्कीलाई उद्धार गरी घर पठाउन पिएनसिसिले गरेको पहलमा सरोकारवाला निकायबाट सहयोग मिलेको कारण उनको उद्धार सहज भएको नेपालले वताए । मलेसियामा रहेर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको सहयोगका निम्ति काम गरिरहेका नेपाल पाल्पा जिल्लाको वौघापोखरा थोकका स्थायी वासिन्दा हुन । नेपालले पत्रकारिता मार्फत पनि सुरक्षित बैदेशिक रोजगारका बिषयमा कलम चलाउँदै आईरहेका छन ।