खाल्टेका सामुदायिक सस्थाहरु सहकारीमा जाने निर्णय

1244 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

निलकण्ठ (खाल्टे)-गरिबीका रेखामुनी रहेका समुदायको पहिचान गरी आय आर्जनको माध्यमवाट गरिबी निवारण गर्ने नेपाल सरकारको निति अनुसार २०६६ सालदेखी बिभिन्न सामुदायिक सस्थामा आवद्ध निलकण्ठ नगपालिका वडा नः १ र ५ का २४ वटा सामुदायिक सस्थाको सम्यूक्त भेलाले गरिबि निवारण क्रियाकलापलाई दिगो रुपमा सञ्चालन गर्न सहकारी एब उपयूक्त माध्यम हुने निश्कर्ष निकालेका छन् ।
चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाजको सहजिकरणमा गठन भएका सामुदायिक सस्थामा आयआर्जन क्रियाकलापको लागि साविकको खाल्टे गा.बि.समा भएका घरधुरी मध्ये ५०५ घर परिवार आवद्ध भई गरिबी निवारण कोषवाट सम्झौता अनुसार प्राप्त भएको ६३लाख ४६हजार २०० र समुदायको स्वलगानी ६ लाख ७१हजार ७१५ समेत जम्मा ७० लाख १७हजार ९१५ पूजि कोषमा जम्मा भएको छ । यसरी जम्मा भएको कोषलाई आफ्ना सदस्यहरुका बिच बिभिन्न आयमुलक क्रियाकलापमा लगानी गरी वढीमा १२ प्रतिशत सस्तो व्याज र समूहको वचत समेत गरी १ करोड ३० लाख ७१हजार५०० पूजि संकलन भई वाख्रा पालन, भैसी पालन, तरकारी खेती का अतिरिक्त साना किराना पसल, फर्निचर साथै रिक्सा व्यवसाय समेत गरेकोले यसको दिगोपना जरुरी रहेको सामुदायिक सस्थाका सचिव पूर्ण वहादुर मगरले वताउनु भयो ।
यसै गरी गरिबी निवारण कोषवाट यस अवधिमा खानेपानी ८ वटा सिंचाई १ र वालविकास केन्द्र समेत निर्माण गरी समुदायलाई आत्म निर्भरता तर्फ लगेको गा.बि.स स्तरिय सञ्जालका सचिव धन बहादुर गुरुङ्गले वताउनु भयो । कार्यक्रममा २४ वटा सामुदायिक सस्थाको ४५ जना र सिड्स धादिङका अध्यक्ष मेघ वहादुर तामाङ र लक्ष्मी थापा जमरकटेल को उपस्थिती रहेको कार्यक्रममा अहिले सामुदायिक सस्थाको अवस्था र भावी दिनमा गर्नु पर्ने कामको बिषयमा सिड्सका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले सहजिकरण गर्नु भएको थियो । उक्त भेलाले वदलिदो परिस्थीतीमा कसरी सहकारी वनाउन सकिन्छ भनेर पूर्ण वहादुर मगर , एन्जिला श्रेष्ठ वडा नः ५ वाट र धन वहादुर गुरुङ र विनमायाँ तामाङ वडानः १ वाट प्रतिनिधि चयन समेत गरेको छ ।