सिद्धलेक गाउँपालिकामा आप्रवासी कामदार हंकहित संरक्षण केन्द्र गठन

968 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

सिद्धलेक–आप्रवासी कामदार हंकहित संरक्षण केन्द्र सिद्धलेक गाउँपालिकाको अध्यक्षमा शम्भु अर्याल निर्वाचित हुनुभएको छ । मंगलबार धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ४ स्थित बुङचुङमा भएको भेलाले अर्यालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा छन्द बहादुरभट्ट, सचिवमा हरि सिलवाल र कोषाध्यक्षमा डिल्लीप्रसाद पौडेल चयन हुनुभएको छ । यसैगरी समितिको सदस्यहरुमा बल बहादुर श्रेष्ठ, रामप्रसाद सिलवाल र निरज मगराती चयन हुनुभएको छ भने बाँकि दुई सदस्य भने पछि थपिने आप्रवासी कामदार हकहित केन्द्र धादिङले जनाएको छ ।
आप्रवासी कामदार हकहित केन्द्र धादिङको अध्यक्ष खेमनारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालको प्रमुख आतिथ्य र सिद्धलेक गाउपालिकाका प्रशासकिय अधिकृत लक्ष्मण प्रसाद भट्टराईको विषेश आतिथ्य रहेको थियो । कार्यक्रममा चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज सिड्स धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेती, वडा नम्बर ३ का वडा अध्यक्ष देवबहादुर पुलामी, सुरक्षित आप्रवासन सामि परियोजनाका जिल्ला परियोजना संयोजक कमलबहादुर रोकाय र सुरक्षित आप्रवासन सामी परियोजनाका कार्यक्रम संयोजक गँगा सुवेदीको आतिथ्य रहेको थियो ।
सुरक्षित आप्रवासन सामी परियोजनाका कार्यक्रम अधिकृत दिल बहादुर रम्तेलले सहजीकरण गर्नृभएको भेलामा सिद्धलेक गाउँपालिकाबाट विदेश गई नेपाल फर्किएका ५१ जना युवाहरुको सहभागीता रहेको थियो ।
भेलामा सहभागी युवाहरुले युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नका लागि सरकारले युवा लक्षित कार्यक्रम ल्याउनुपर्ने धारणा राखेका थिए । बैदेशिक रोजगारको कारण गाउँघरमा विभिन्न समस्या परेको भन्दै उनीहरुले बैदेशिक रोजगारलाई सुरक्षित र भरपर्दो बनाउनको लागी स्थानीय सरकारले महत्वपुर्ण भुमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी सिलवालले बैदेशिक रोजगारमा देखिएको समस्या न्युनीकरणको लागी गाउँपालिकाले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । अबको कार्य योजनामा बैदेशिक रोजगारको विषय समेट्ने गरी काम अगाडी बढाउने पनि उहाँले स्पष्ट पार्नुभयो ।
यसैगरी कार्यक्रमका विशेष अतिथी भट्टराईले गाउँपालिकाले अवका दिनमा युवा लक्षित कार्यक्रम ल्याउने बताउनुभयो । बैदेशिक रोजगारको विषय हामी सबैको सरोकार भएको भन्दै उहाँले यस्तो कार्यलाई सबैले सहयोग गर्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा सिड्स धादिङका कार्यकारी निर्देशक रुपाखेतीले सञ्जाल गठन गर्नुको उद्देश्य र सामी परीयोजनाले गर्ने कामको विषयमा जानकारी गराउनुभएको थिया भने कार्यक्रममा सामी परियोजनाका जिल्ला परियोजना संयोजक कमल बहादुर रोकायले परियोजनाले गर्ने काम र धादिङको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो ।
यसैगरी सुरक्षित आप्रवासन सामी परियोजनाका कार्यक्रम संयोजक सुवेदीले सञ्जाल गठनको प्रक्रिया र यसको महत्वको विषयमा सहजिकरण गर्नुभएको थियो । आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धादिङको आयोजना,चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज सिङस धादिङ द्वारा सन्चालित सुरक्षित आप्रवासन सामी परियोजनाको सहयोगमा कार्यक्रमको आयोजना गरिएको हो ।