logo

भूकम्पपीडितका दोस्रो किस्ता लिने म्याद असार मसान्तसम्म

1095 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं -बर्खाअघि नै भूकम्पपीडितलाई ओतको व्यवस्था गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको मंगलबारको बैठकमा प्रधानमन्त्री ओलीले भूकम्पपीडितलाई राहतका लागि दायाँबायाँ नगरी यो बर्खाअगावै ओतको आवश्यक व्यवस्था गर्न प्राधिकरणलाई निर्देशन दिएका हुन् । उनले सबै भूकम्पपीडितलाई ओत लाग्ने व्यवस्थाका लागि आवश्यक परे कार्यविधिसमेत सहज बनाइ अघि बढ्न निर्देशन दिए ।

भूकम्पपीडितका निजी आवास निर्माणका लागि राज्यले उपलब्ध गराएको अनुदान लिने समय तीन महिना थप गर्ने निर्णयसमेत भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्राधिकरणको निर्देशक समितिको १२औं बैठकले भूकम्पपीडित लाभग्राहीले निजी आवास अनुदानको दोस्रो किस्ताबापतको रकम लिने समयसीमालाई तीन महिना बढाएर २०७५ असार मसान्तसम्म कायम गरेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले बताए ।

यसअघि दोस्रो किस्ताबापतको रकम २०७४ चैत मसान्तभित्र बुझिसक्नुपर्ने प्रावधान थियो । प्राधिकरणको निर्देशक समितिका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पुनर्निर्माणका प्राथमिकता निर्धारण गर्दै निजी आवास पुनर्निर्माणलाई जोड दिनुपर्ने आवश्यकता औंल्याए ।

‘सबैभन्दा पहिलो भूकम्पप्रभावित जनता खासगरी बालबालिका, बूढाबूढी, अशक्त, अपांगता भएका व्यक्तिहरू, गर्भवती महिला र बिरामीलाई सुरक्षित छानामुनि ल्याउने काम प्राथमिकतामा पर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले भूकम्पप्रभावितले अनुदान पाउने प्रक्रियालाई सहजीकरण र सरलीकरण गर्नुपर्नेमा जोड दिँदै आवश्यक परे ऐन, नियममै संशोधन गरी झन्झटिला प्रावधान हटाउनुपर्ने बताए । उनले यसका लागि बजेट तथा जनशक्ति थप गर्नुपर्ने आवश्यकता भए प्रस्ताव गर्न पनि प्राधिकरणलाई निर्देशन दिए ।

प्राधिकरण र अन्तर्गत रहेका केन्द्रीय एवं जिल्लास्तरीय आयोजना कार्यान्वयन इकाईको मौजुदा संगठन संरचना एवं परिवर्तित सन्दर्भमा प्राधिकरणबाट प्रस्ताव गरिएको संगठनको पुनःसंरचनाको खाकामा समेत बैठकमा विस्तृत छलफल भयो ।

छलफलमा उठेका सुझावपछि प्रस्तावित संरचनामा सामान्य हेरफेर गर्नुपर्ने भए सोहीअनुसार गरी कार्यान्वयनमा लैजानसमेत प्रधानमन्त्रीले निर्देशन दिए ।

बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत भुसालले २८ चैतबाट जिल्लागत प्रशासनिक संरचनामा फेरबदल हुने भएकाले पुनर्निर्माण कार्यलाई तीव्रताका साथ निरन्तरता दिन मौजुदा संगठनात्मक संरचनामा पुनःसंरचना प्रस्ताव गरिएको बताए ।

उनले पुनर्निर्माणको कार्यलाई तीव्रता दिन प्राधिकरण लागिपरेको उल्लेख गर्दै यसका लागि स्थानीय सरकारलाई पनि थप सक्रिय बनाउँदै लगिने बताए । प्राधिकरणका सचिव मधुसुदन अधिकारीले प्राधिकरणले हालसम्म गरेका कामको जानकारी गराउँदै आगामी योजनाका बारेमा जानकारी गराए ।

प्राधिकरणका अनुसार कुल ९ लाख ९६ हजार ५८२ घरधुरीको सर्वेक्षण भएकोमा ७ लाख ६७ हजार ७०५ जना कुल लाभग्राहीको सूचीमा परेका छन् । त्यसमध्ये ६ लाख ९१ हजार ७०३ परिवारले पहिलो किस्ता बुझेका छन् । यस्तै, २ लाख ९२ हजार ५९५ ले दोस्रो किस्ता प्राप्त गरेका छन् भने प्राधिकरणको तथ्यांकअनुसार ६८ हजार १६७ लाभग्राहीले तेस्रो किस्ता प्राप्त गरेका छन् ।

समितिका उपाध्यक्ष नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदार, गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, अर्थमन्त्री डा. युवराज खतिवडा, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्याल लगायतले पुनर्निर्माणका क्रममा देखिएका कमीकमजोरीका बारेमा आवाज उठाएका थिए राजधानी दैनिकमा खबर छ ।


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic