गरिबी निवारण कार्यक्रमले जोगिमाराका स्थानीयको दैनिकी फेरियो 

1220 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

जोगीमारा- गरिबी निवारण कार्यक्रमले धादिङ बेनिघाटका  स्थानीयको दैनिकी फेरिएको छ । गरिबी निवारण कोषको आर्थिक सहयोग तथा समग्र विकास सेवा केन्द्रको साझेदारीमा संचालित कार्यक्रमबाट जिल्लाको बेनिघाट रोरांग गाउँपालिकाको वडा नम्बर ९ र १० का स्थानीयले २०६४ मा पाएको ५० लाख पैसा आयआर्जनमुलुक काममा लगाएपछि दैनिकी फेरिएको हो ।

गाउँपालिकाको वडा नम्बर ९ र १० अर्थात साविकको जोगीमारा गाविसमा बस्ने ९ सय ५० घरधुरीले माछापालन, कुखुरापालन, बाख्रापालन, कृषिलगायत विकास निर्माणमा व्यस्त छन् । बेनिघाटका स्थानीयले अहिले १ करोडभन्दा माथिको आयआर्जन मुलुक काम गरिरहेका छन् । बेनिघाट रोरांग गाउँपालिकाकी स्थानीय एवं वडा नम्बर ९ मा संचालित सामुदायिक संस्थाकी सचिव रीता गिरीले गरिबी निवारण कार्यक्रमले आफूहरुको दैनिकी फेरिएको बताइन् ।

‘गाउँपालिकामा गरिबी निवारण कार्यक्रम आएपछि यहाँका मानिस आयआर्जन मुलक काममा लागेका छन् । यहाँ कृषकको अहिले दैनिकी फेरिएको छ । गरिबी निवारण कार्यक्रम नआउँदा यहाँ मानिस वैदेशिक रोजगारीमा जाने गर्थे । कार्यक्रम आएपछि केही मात्रमा भएपनि कम भएको छ, ‘रीताले भनिन् ।

उनले कार्यक्रमबाट आएको पैसा केही स्थानीयले भने दुरुपयोग गरेको गुनासो समेत गरिन् ।

‘केहीले कार्यक्रमबाट आएको पैसा जाडरक्सी खाएर दुरुपयोग गरेका छन् । केहीले पैसाको दुरुपयोग गरेपनि कार्यक्रमले गाउँमा सकारात्मक प्रभाव पारेको छ ।

कोषबाट संचालित लेकाली सामुदायिक संस्थाका अधक्ष्य विष्णुप्रसाद भारतीले पनि गरिवी निवारण कार्यक्रमबाट गाउँपालिकाका स्थानीयलाई रोजगारीको वातावरण बनेको बताए ।
‘गरिबी निवारण कार्यक्रम आएपछि यहाँका युवायुवति,बूढा/बूढी सबैलाई रोजगारी मिलेको छ । सबैले आफूले सक्ने काम गर्छन्, ‘भारतीले भने । स्थानीयको जीवनस्तर वृद्धिको लागि काम गर्न दिएको २६ वटा संस्थामध्ये विरौटा, बसुन्धारा, कुवाँपानी, चित्रकला, जलदेवीलगायत एक दर्जन संस्थाहरु निष्कृय भएको जानकारी समेत दिए ।

समग्र विकास सेवा केन्द्रका जिल्ला संयोजक इश्वर कंडेलका अनुसार २०६४ सालबाट संचालित उक्त कार्यक्रम सामुदायिक संस्थाका सदस्यहरुको आवश्यकता हेरेर ऋण लगानी गरिन्छ । साझेदारी संस्थाद्वारा हालसम्म गठित ७० वटा सामुदायिक संस्थामध्ये ६४ वटा गरिबी निवारण कोषमा दर्ता भइसकेका छन् ।

गरिबी निवारण कोषको आर्थिक व्यवस्थापनमा समग्र विकास सेवा केन्द्रले हालसम्म १० वटा खानेपानी आयोजना सम्पन्न गरिसकेको छ भने यस वर्ष पनि भूकम्पले क्षति पुर्यानएको ८ वटा खानेपानी आयोजनाको पुनः निर्माणको काम भैरहेको छ ।

गत असार २७ गते बेनिघाट रोराङ र गंगाजमुना गाउँपालिकामा गरी ३ वटा गाउँपालिकामा भूकम्प प्रतिरोधी घर बनाउन तालिम समेत दिएको थियो । साविकको जोगीमारा गाविसको लैताक र मझिमटार त्यसपछि री को ताबलमा संचालित तालिममा भूकम्प प्रतिरोधी घर निर्माणका गर्ने तरिका, मापदण्डकाबारे ७५ जनाले तालिम लिएका थिए ।