मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

706 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

पृथ्वी राजमार्ग अन्र्तगत धादिङको थाक्रे गाउँपालिका वडा नं ८ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

धादिङको धुनीबेसी नगरपालिकाबाट महादेवबेसीतर्फ जाँदै गरेको ना ५३ प ३०४८ नम्बरको मोटरसाइकल बिहिबार बिहान अनियन्त्रित भई नालामा ठोक्किएको थियो ।

मृत्यु हुनेमा धादिङको धुनीबसी नगरपालिका – ४ जीवनपुरका महेश गजुरेल रहेको इलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ ।

मोटरसाइकल ठोक्किएपछि घाईते भएका गजुरेलको उपचारका क्रममा काठमाडौँस्थित ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ।