अाज कृष्ण औंशी,आमाको मुख हेर्ने दिन

1204 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँः वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज धुमधामका साथ मनाइदैछ । जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर मातातिर्थे औंशी मनाउने चलन छ ।

शास्त्रमा उपाध्याय, आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा लिइन्छ । वैशाख कृष्णपक्ष औँसीका दिनलाई नेपालीले मातातीर्थ औँसी अर्थात् मातृऔँसीका रुपमा समेत मनाउँछन् ।

छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा राम्रा लुगा लगाउने र मीठा मीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । यसो गरेमा मातृ ऋणबाट मुक्त भइने जनविश्वास छ ।

आमा नभएकाले भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् । आजको दिन दिवंगत आमाको सम्झनामा थानकोट मातातीर्थमा मेला लाग्छ ।

वैशाख कृष्ण औंसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुसी पारी मनाइँदै छ ।