दुर्घटनामा परि शिक्षक खतिवडाको निधन

2812 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङको गल्छी गाउँपालिका वडा नम्बर १ मा रहेको भैरेवी आधारभूत बिद्यालयका शिक्षक  हरिप्रसाद खतिवडाको दुर्घटनामा परि निधन भएको छ ।  सोही दुर्घटनामा परि राईजिङ भिलेज इंगलिस बोर्डिङ स्कुलका प्रिन्सिपल नवराज ओझा घाईते हुनु भएको छ ।
बैरेनीबाट मोटरसाईकलमा घर तर्फ जांदै गरेका शिक्षकद्धय चढेको मोटरसाईकललाई मंगलबार दिउंसो ४ वजे तिर नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर ५ कोल्पुटार नजिकै टिपरले ठक्कर दिंएको थियो ।
टिपरको ठक्करबाट मोटरसाईकल सडकमा पल्टिंदा शिक्षक खतिवडाको घटनास्थलमानै ज्यान गएको र मोटरसाईकल चालक ओझा घाईते हुनु भएको प्रहरीले जनाएको छ । घाईते ओझालाई उपचारका लागि काठमाण्डौं लगिएको छ । मोटर साईलकललाई ठक्कर दिने टिपर प्रहरीले नियन्त्रणमा लिएको छ ।खतिवडाको निधन प्रति नेकपा एमाले गल्छी गाउँपालिका समन्वय कमिटिले दुःख व्यक्त गरेको छ । पार्टीका इमान्दार कर्तव्यनिष्ठ कार्यकर्तालाई गुमाउनु परेको  एमालेले जनाएको छ ।