नतोकिएको मितिमा पार्टी एकता हुन्छ : प्रचण्ड

744 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम तालमेल मात्र होइन पार्टी एकता नै जनताको अपेक्षा र देशको आवश्यकता ठानेर एमाले र माओवादी केन्द्र अघि बढेको बताएका छन् ।

कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा एमाले र माओवादीले संयुक्त रुपमा राष्ट्रिय सभागृहमा आज गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

जन चाहना अनुसार स्थिरताका निम्ती जनताले भरोसा गरेर यी दललाई मतदान गरेको बताउँदै उनले भने, ‘अब कतैबाट दायाँ बायाँ गर्ने छुट छैन । अब यो जनताको सम्पति भइसकेको छ अब न केपी जी न मलाई हामी दुबैलाई दायाँबायाँ गर्ने छुट छैन । ’

पार्टी एकता गर्ने एमाले अध्यक्ष ओली र आफूबीच लगभग मोडालिटीमा सहमति भैसकेको बताउँदै उनले भने, ‘जसअनुसार सम्मान जनक रुपमा र समानता एवं न्यायोचित किसिमले एकताका लागि सहमति भइसकेको छ ।

एकता हुन नदिने षड्यन्त्रबारे उनले भने, ‘यो पनि बुझ्नुहोस् है – यहाँ अनेक खेल छन् । एकता हुन नदिन विभिन्न तागत र स्वार्थहरु टकराइरहेका हुन्छन् । घोषणा गर्ने भनेको दिन हुँदैन, नभनेको दिन हुन्छ । हेर्नुहोस यो पनि सरप्राइज नै हुन्छ’ दाहालले भने । अब तोकिएको समयमा होइन न तोकिएको समयमा पार्टी एकता  हुन्छ ।’ औपचारिक रुपमा आजको दिन वा बैशाख ९ गते पार्टी एकता गर्ने भनेर दुबै दलले नभनेको बताउँदै उनले भने, ‘ यदि समय तोकियो भने तोकिएको समयमा विभिन्न चलखेलका कारण नहुने र नतोकिएको समयमा ’ड्याम्मै ’ पार्टी एकता हुन्छ । ’ उनले भने ।