नयाँ कामको थालनी आफैबाट सुरुवात ग¥र्यौं

1013 पटक पढिएको

सम्पादक: Dhadingnews.com

÷चाँदनी थापा मगर
नयाँ कामको थालनी गरेका छन् आमाहरुले । पहिले आफ्ना बालबालिका स्कूल गए वा नगए वास्ता नहुने आमाहरु अहिले आफै गाउँका सबै बालबालिकाहरु जम्मा गरि विद्यालय पु¥याउन जाने गरेका छन् । यो नयाँ कामको थालनीे  भस्मेखोला आत्मा निर्भर महिला समहले गरेको छ ।
सुरुमा बालबालिकाहरु विद्यालय जान नमान्ने, केहि बालबालिकाहरु विद्यालय गएपनि नियमित नजाने गरेको थिए । आमाबुबा आफ्ना बालबालिका विद्यालय गए नगएको चासो दिने गरेको । भने कहिले काहीँ छोराछोरीलाई  विद्यालय जान नदिई घरको काम लगाउन गरेका थिए । र बालबालिकाको पढाईको, विद्यायमा उपस्थिति, परिक्षा फल आदिको बारेमा विद्यालयमा गएर बुझ्ने त परैको कुरा थियो । त्यस्तै आमाहरु आफै आफैमा एकताको भावना थिएन ।  र हामी सबै मिल्नुपर्छ भन्ने सोचाई पनि थिएन् ।
यसै परिस्थितीमा जब प्रयास नेपाल, धादिङ र यूनाईटेड मिसन टु नेपाल धादिङ क्लस्टरको साझेदारीमा बाल केन्द्रित सामुदायिक विकास कार्यक्रम संचालन भयो । यस कार्यक्रम मार्फत वडा नं. ३ भस्मेखोलामा १८ जनाको भस्मेखोला महिला समुह गठन भयो । शुरुमा समुहमा बस्न मनै थिएन। किनकी त्यस समुदायकाले समुहमा बस्नुको औचित्य बुझेकै थिएनौं। तर प्रयास नेपालको पटक पटकको प्रयास पछि समुह गठन भयो र प्रत्येक महिनाको २० गतेको मासिक बैठकमा समुहको आवश्यकता, महत्व आदिको बारेमा छलफल हुनथाल्यो, त्यसका साथै समुहका सदस्यहरुले विभिन्न किसिमका तालिमहरु लिने अवसर मिल्यो । समुहका सदस्यहरु पनि विस्तारै सक्रिय हुँदै आयो । र सदस्यहरु सक्रियतामा  आफ्ना समुदायको प्रमुख समस्याहरु पहिचान गर्न थाले । विभिन्न समस्याहरु मध्ये एउटा महत्वपूर्ण समस्या भनेको बालबालिका नियमित विद्यालय नजाने तथा नपठाउने । यसै समस्यालाई समुहको मासिक बैठकमा छलफल गरियो । र समुहमा आवद्ध भएका अभिभावकको बालबालिकाहरुको पढाईलाई नियमितता गराउने उद्देश्यले त्यस समुदायमा विद्यालय भर्ना भएको सबै बालबालिकालाई ९ वजे एकै स्थानमा जम्मा गरेर हरेक दिन १÷१ जना गरि पालैपालो विद्यालय सम्म पु¥याउन जाने निर्णय ग¥यौं । र यदि केहि अभिभावक बालबालिकालाई लिएर विद्यालय जान नपाएको र विद्यालय नपठाएको खण्डमा रु ५० जरिवाना लिने निर्णय भयो । विशेष गरि त्यहाँका  बालबालिकाहरु श्री बाघसुन्दर प्रा.वि मा पढ्न जाने भएकोले विद्यालय सगँ पनि छलफल भयो । त्यसपछि भस्मेखोलाका विद्यालय भर्ना भएका जम्मा २४ जना बालबालिकालाई  हरेक दिन अभिभावक मार्फत १० वजे भित्र विद्यालय सम्म पु¥याउन कामको थालनी भयो । अहिले हरेक दिन आ–आफ्ना पालोमा सबै बालबालिका लिएर सबै अभिभावक विद्यालय जान थालेका छौं र समय समयमा गएर पढाईको बारेमा पनि बुझ्न थालेका छन् । यदि केहि जान नपाएको खण्डमा समुहलाई रु ५०। रुपयाँ पनि जरिवाना तिर्ने गरेका छौं भनि समुहका सदस्य
यसरी अभिभावकहरु प्रत्येक दिन बालबालिका सहित विद्यालय जाँदा शिक्षकहरु पनि समय मै आउने गरेका छन् ।  पढाउन पनि ध्यान दिन थालेका छन् । त्यस्तै घरमा खेलेर विताउने बालबालिकाहरु विद्यालय जान थालेका छन् । कक्षामा नियमित भएका छन् । साथै अभिभावकहरु पनि आफ्ना बालबालिकाको पढाईमा सचेत वा चासो राख्न थालेका छन् । भष्मेखोलाका अधिकांश चेपाङ बालबालिकाहरु पहिले विद्यालय आउँदैनथे। न बालबालिका आउथे न त अभिभावकलाई नै चासो हुन्थ्यो । तर अहिले अभिभावकको चासो अत्याधिक मात्रामा बढेको छ। यसले गर्दा बालबालिकाको पढाईमा प्रगति हुन थालेको बताउनुहुन्छ भनी श्री बाघसुन्दर प्रा.वि कि प्र.अ. रमा अधिकारी भन्नु हुन्छ। ।
आगामी दिनमा अभिभावहरु यस कार्यलाई कसरी नियमित गराई राख्ने र आफ्ना छोराछोरीको पढाईमा कसरी सुधार ल्याउने भन्ने बारेमा विद्यालयसँग अझ छलफल गर्ने र समुदायमा भएको अन्य समस्याहरु पहिचान गरि समाधान गर्ने योजना रहेको वताउनु हुन्छ समुहकी अध्यक्ष राममायाँ भूजेल ।