धादिङ, जेठ ८ – नेकपा एमाले र एकीकृत नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीको ४ सय ४१ सदस्यीय केन्द्रीय समितिमा धादिङ जिल्लाका ८ जना परेका छन् ।
नेकपाका महासचिव बिष्णु पौडेल द्धारा हस्ताक्षर गरी सार्वजनिक गरिएको प्रेस बिज्ञप्तिमा उल्लेख भए अनुसार तत्कालिन माओवादी केन्द्रका पोलिटव्युरो सदस्यद्धय पुष्पबिक्रम मल्ल र शालिकराम जमकट्टेल र पत्रकार ओम शर्मा केन्द्रीय सदस्यमा मनोनित हुनु भएको छ । यसै गरी तत्कालिन एमालेका पोलिटव्युरो सदस्यहरु डाक्टर पुष्प कँडेल,राजेन्द्रप्रसाद पाण्डे,डाक्टर गंगालाल तुलाधर, बैकल्पिक केन्द्रीय सदस्य खेमप्रसाद लोहनी र अखिल नेपाल किसान महासंघका महासचिव बलराम बाँस्कोटा केन्द्रीय सदस्यमा मनोनित हुनु भएको छ ।डाक्टर पुष्प कँडेललाई स्थायी समितिको आमन्त्रित सदस्यमा मनोनित गरिएको महासचिव पौडेलद्धारा जारी गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ । 1