धादिङको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुखमा शिवप्रसाद रेग्मी

6860 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख  माधव प्रसाद शर्माको सरुवा भएको छ । नेपाल सरकारले बिहीबार ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख / जिल्ला शिक्षा अधिकारीहरुको सरुवा निकालेको हो । धादिङका शर्मालाई शिक्षा विभाग सरुवा गरिएको छ भने शिक्षा मन्त्रालयमा कार्यरत उप सचिव शिवप्रसाद रेग्मीलाई धादिङको जिल्ला शिक्षा अधिकारीमा सरुवा गरिएको छ । रेग्मीले केही बर्ष अघि धादिङमा बिद्यालय निरीक्षक हुंदै शाखा अधिकृत पदमा काम गर्नु भएको थियो । यसै गरी गोरखाका जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीलाई चितवन, नुवाकोटका चन्द्रबहादुर खड्कालाई शिक्षा विभाग सरुवा गरिएको छ भने हुम्लाका जिल्ला शिक्षा अधिकारी मदनकुमार थापालाई नुवाकोट, क्षेत्रीय शिक्षा निर्देशनालयका खेमराज पौडेललाई गोरखाको जिल्ला शिक्षा अधिकारीमा सरुवा गरिएको छ ।