धादिङ लगायत देशैभरका ४०० प्रहरी निरीक्षक(इन्सपेक्टर)को सरुवा

4199 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं: प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन साखाले एकै पटक धादिङ लगायत देशभरका ४०० प्रहरी निरीक्षक(इन्सपेक्टर)को सरुवा गरेको छ।

प्रहरी महानिरीक्षकको मिती २०७४/०२/११ गतेको निर्णय अनुसार यहि २०७५ साल जेठ  महिना देखिको तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी  प्रहरी निरिक्षकहरुको सरुवा गरिएको हो ।

यसरी सरुवा हुनेहरुमा जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका कृष्णराज सापकोटाको महानगरीय ट्राफिक महाशाखा रामशाहपथ सरुवा भएको छ भने धादिङको ट्राफिक प्रमुखमा महानगरीय प्रहरी परिसर भक्तपुरका होमराज घिमिरेको सरुवा भएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङको अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी निरीक्षक सन्तकुमार लामाको इलाका प्रहरी कार्यालय भिमफेदी मकवानपुर सरुवा भएको छ । लामाको स्थानमा इलाका प्रहरी कार्यालय वेलटारी नवलपरासीबाट केशवसिंह थापा सरुवा भएर धादिङ आउनु भएको  छ । यसै गरी जिल्ला प्रहरी कार्यालय धादिङमा कार्यरत राजु केसीको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध अनुन्सधान व्युरोमा सरुवा भएको छ । केसीको स्थानमा इलाका प्रहरी कार्यालय डेढगाँउ नवलपरासीका विनोदकुमार धितालको सरुवा भएको छ ।
त्यसै गरी इलाका प्रहरी कार्यालय सुनौलावजारका जनक पुरीको महानगरीय प्रहरी वृत गौशाला काठमाण्डौं सरुवा भएको छ भने सुनौलावजारको प्रमुखमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्युरो संगठित अपराध अनुसन्धान शाखाबाट टिकाराम रेग्मीलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालय द्धारा जारी सरुवा बिबरणमा उल्लेख गरिएको छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय खानीखोलाका जिवन निरौलाको महानगरीय प्रहरी वृत वालाजु काठमाण्डौं सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले प्रकाशित गरेको सरुवा बिबरण