विश्वकप फुटबल–२०१८ को गीत सार्वजनिक

1148 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

रुस विश्वकप फुटबल–२०१८ को अफिसियल गीत सार्वजनिक भएको छ । फिफाले विश्वकपका लागी बजाईने आधिकारिक गीतको ‘लिभ इट अप’ नामक भिडियो सार्वजानीक गरेको छ । निकी जामले गाएको यो गीतमा हलिउड अभिनेता तथा गायक विल स्मिथ र इरा स्टेरेफीले साथ दिएका छन् ।  यो गीतको शब्द डिप्लोले लेखेका हुन् ।

सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा सकिराले गाएको ‘वाका वाका..’ बोलको गीत पनि डिप्लोले नै लेखेका थिए । सन् २०१४ मा ब्राजिलमा सम्पन्न विश्वकपमा पिटबुलले गाएको ‘ओले ओला..’ गीतको शब्द पनि उनकै थियो ।

विश्वकप यही जुन १४ देखि जुलाई १५ तारिखसम्म रुसको विभिन्न १२ रंगशालामा हुँदैछ ।