पिपलटारमा करेन्ट लागेर एकको मृत्यु

1273 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

सिद्धलेक, १४ जेठ – धादिङको सिद्धलेक गाउँपालिका वडा नं ७ पीपलटारमा सोमबार दिउँसो ४ वजे तिर करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
पीपलटारका एकबहादुर आचार्यको निर्माणाधिन घरको छतमा पानी जमाउने क्रममा छत भन्दा   ५ फिट माथिबाट लगिएको नाङ्गो तारमा छुन पुग्दा करेन्ट लागेको हो । मृत्यु हुनेमा भारत मोतिहारी सुगौली श्रीखण्डीका ३५ वर्षीय विश्वनाथ महतो रहेका छन् । निर्माण मजदुरका रुपमा कार्यरत महतोको घटनास्थलमानै ज्यान गएको  जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । महतोको शवलाई प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा राखिएको छ ।