थांक्रेको जनजागृति माविमा ई लाईब्रेरी संचालनमा

1793 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङको थांक्रे गाउँपालिाकोको महादेवबेसीमा रहेको जनजागृति माध्यमिक बिद्यालयले बुधवार देखि ई लाईब्रेरीको संचालनमा ल्याएको छ ।

सूचना प्रविधिको माध्यमवाट शिक्षाको गुणस्तर विकास गर्ने उद्देश्यले जिल्ला शिक्षा कार्यालयको इ लाईव्रेरी कार्यक्रम अन्र्तगत विद्यालयमा ई लाईब्रेरीको स्थापना गरिएको बिद्यालयका प्रधानाध्यापक लावण फुयाँलले वताउनुभयो ।
विज्ञान प्रवृधि र सूचनाको युगमा युग सुँहाउदो शिक्षा नीतिको आवश्यकता वढ्दै गएकोले विद्यार्थीको पढनपाठनलाई सैद्धान्तिक मात्र नभई व्यवहारिक ज्ञान दिन महत्वपूर्ण सहयोग पुग्ने बिश्वासका साथ ई लाईब्रेरीको शुरुवात गरिएको बिद्यालयका व्यवस्थापन समिति अध्यक्ष गोकर्ण रुपाखेती वताउनुहुन्छ ।
प्रविधिलाई जति उपयोग गर्न सक्यो उती नै विद्यार्थी तथा शिक्षक शिक्षीकाहरुको व्यक्तिगत विकास हुनुका साथै शैक्षिक गुणस्तरमा समेत टेवा पुग्ने बिद्यालयले विश्वास लिएको पनि अध्यक्ष रुपाखेतीले वताउनु भयो ।

लाईब्रेरीमा पाठ्यक्रमका साथै नेपाली साहित्य, अँग्रेजी साहित्य,कला, अडियो तथा भिडीयो सहितको शिक्षण सामग्रिहरुका साथै विद्यार्थी, शिक्षक तथा स्थानीय समूदायमा आधारित विविध प्रकारका पुस्तक तथा सामाग्री समावेश गरिएको छ ।
बिद्यालयले अहिले २० वटा कम्प्युटर मार्फत सेवा दिईरहेको र एक पटकमा ५० जना बिद्यार्थीले सजिलै संग अध्ययन गर्न सकिने व्यवस्था मिलाएको बिद्यालयले जनाएको छ । अफलाइन राउटर जडान गरि बिद्यालय भित्र ल्यापटप,एन्ड्रोइड मोवाईल मार्फत पनि इ लाईब्रेरी प्रयोग गर्न सकिने पनि शिक्षक रामचन्द्र रुपाखेतीले वताउनु भयो ।
बिद्यलायले टकिङ टिचर राखेर नर्सरी देखि ५ कक्षा सम्मका बिद्यार्थीलाई पाठ्यसामाग्रीका साथै नाच्ने गाउने, व्याकरणहरु सम्वन्धी शिक्षा दिने व्यवस्था समेत मिलाएको छ ।