प्रहरी सँग बैदेशिक रोजगार सम्बन्धी बिषयमा अन्तरक्रिया

1222 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,-बैदेशिक रोजगारलाई सुरक्षित,भरपर्दो र लाभदायी बनाउनको लागी जिल्लाका प्रहरी ईन्चार्ज र प्रहरी जवानहरुको लागी आयोजित एक दिने अन्तरक्रिया कार्यक्रम धादिङबेसीमा सम्पन्न भएको छ । चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज सिड्स धादिङको आयोजना र सामि हेल्भेटासको सहयोगमा धादिङका विभिन्न प्रहरी चौकीका ईन्चाजहरु र प्रहरी जनावहरुको सहभागीता रहेको थियो ।
धादिङ जिल्लामा बैदेशिक रोजगारमा देखीएको समस्या न्युनीकरण गर्न र बैदेशिक रोजगारलाई सुरक्षित बनाउनको लागी कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज सिड्स धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले बैदेशिक रोजगारमा देखीएको समस्या र प्रहरी प्रशासनले खेल्नुपर्ने भुमिकाको बारेमा जानकारी गराउनु भएको थियो ।यसैगरी सामी जिल्ला परियोजना संयोजक कमल बहादुर रोकायले बैदेशिक रोजगारको विद्यमान चुनौती र कानुनी जटिलताको बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा सामी कार्यक्रम संयोजक गँगा सुवेदीले धादिङ जिल्लामा बैदेशिक रोजगारमा देखीएको समस्या,बैदेशिक रोजगारमा हुने गरेको ठगी, सुचना तथा परामर्श केन्द्रले गरेको गतिविधिहरुको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा धादिङका प्रहरी निरिक्षक रामबहादुर केसीले बैदेशिक रोजगारमा हुने ठगी र मानव बेचविखनको समस्या न्युनीकरणको लागी प्रहरीले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा सहभागी भएपछि आ–आफ्नो क्षेत्रमा खटिएपछी सुरक्षित बैदेशिक रोजगारको बारेमा जानकारी गराउनको लागी पनि आग्रह गर्नुभएको थियो ।