शिक्षक सरूवाको बाटो खुल्यो

1459 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

स्थानीय तहले जबरजस्ति शिक्षक सरुवा गर्न थालेपछि अन्यौलमा परेको विद्यालय तहका शिक्षकको सरूवा खुला भएको छ  ।  शिक्षा विभागले २१ चैत २०७४ बाट रोकेको सरुवा मंगलबारबाट खुला गरेको हो ।

शिक्षा विभागले जिल्ला प्रशासन कार्यालय अन्तर्गतको शिक्षा विकास तथा समन्वय इकाइलाई शिक्षकको सरूवा सम्बन्धी काम गर्न परिपत्र गरेको हो ।

शिक्षा विभागका निर्देशक केशव दाहालले पहिले संक्रमणकाल र केही अन्यौलता भएका कारण शिक्षकको सरूवा रोकेको र अहिले खुला गरेको बताए ।

कानुनमा शिक्षकको सरूवा हुने अधिकार रहेकाले त्यही अनुसार व्यवस्था गरेको बताए ।

स्थानिय सरकार सञ्चालन ऐनमा शिक्षकको सरूवा गर्ने अधिकार स्थानीय तहलाई नभएकाले शिक्षा विकास तथा समन्वय इकाइलाई जिम्मेवारी दिएको दाहालले बताए ।