मुरलीभञ्ज्याङ गाविसका सयौं गाईवस्तु खोरेत रोगबाट बिरामी

660 पटक पढिएको

सम्पादक: Dhadingnews.com

मुरलीभञ्ज्याङ /केही दिनदेखि फैलिएको खोरेत रोगले धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी नजिकै रहेको मुरलीभञ्ज्याङ गाविसका सयौं गाईवस्तु बिरामी भएका छन् । खोरेत रोग देखिएपछि गाइभैंसीको मुख पाक्ने, ¥याल काढ्ने, ज्वरो आउनेजस्ता लक्षण देखिने गर्दछ । गाइवस्तुमा यो रोग देखिएपछि अहिले मुरलीभञ्ज्याङ  गाविसको रामकोट,कुमालगाउं,ससहा, नौविसेटार लगायतका गाउंका किसानहरु भने रोपाई गर्ने बेलाको गोरु थला परेपछि  चिन्तित भएका छन् । महामारीकै रुपमा देखापरेको खोरेत रोगवाट विरामी परेका ९६ वटा गाई गोरु, भैसीको बिहीवार सांझ सम्ममा उपचार भईसकेको जिल्ला पशु सेवा सेवा कार्यालय धादिङका नायव पसु स्वास्थ्य सहायक कृष्ण कोईरालाले वताउनु भयो ।
रोग नियन्त्रण्का लागि जिल्ला पशुसेवा कार्यालयले स्थानीय किसानहरुसग समन्वय गरी गाउंमा चिकित्सक पठाईसकेको भएपनि थला परेका गाईबस्तु निको हुन अझै केही दिन लाग्ने पशु स्वास्थ्य प्राविधिकहरुको भनाई छ ।