ज्योति बिकास बैैकमा गाभिनेभो हाम्रो बिकास बैक

959 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले नुवाकोट जिल्लामा केन्द्रिय कार्यालय रहेको क्षेत्रिय स्तरको हाम्रो विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने बारे  आईतबार सम्झौता गरेको छ । 

राष्ट्रिय स्तरको विकास बैंकको रुपमा कार्यरत ज्योति विकास बैंकले नुवाकोट जिल्लामा कार्यक्षेत्र रहेको हाम्रो विकास बैंक लिमिटेडलाई प्राप्ती गर्ने भएको छ । ज्योति विकास बैंकको केन्द्रिय कार्यालय कमलादीमा सोमबार ज्योति विकास बैंकका तर्फबाट संचालक समितिका अध्यक्ष हरि चन्द्र खड्का तथा हाम्रो विकास बैंकका तर्फबाट संचालक समितिका अध्यक्ष हरी प्रसादले सम्झौतामा हस्ताक्षर गरेका छन् । शेयर स्वाप अनुपात हाम्रो विकास बैंकको प्राप्ती पश्चात आउने मूल्यलाई आधार मानी तय गरिने छ ।

ज्योति विकास बैंकको हालको चुक्ता पुंजी रु. २ अर्ब ५९ करोड ३६ लाख रहेको रहेको छ । त्यस्तै हाम्रो विकास बैंकको चुक्ता पुंजी रु ४९ कराड २२ लाख रहेको छ । साथै हाम्रो विकास बैकको प्राप्ती पछि ज्योति विकास बैंकको कुल निक्षेप रकम करिब रु २०.५० अर्ब, कर्जा रकम करिब रु १७.५० अर्ब नाघ्ने छ साथै शाखा संजाल ६७ पुग्नेछ ।

ज्योति विकास बैंकले यस अघि झिमु्रक विकास बैंकसंग मर्जर र राप्तिभेरि विकास बैंकसंग प्राप्ती प्रक्रिया सम्पन्न गरी एकिकृत रुपमा कार्य संचालन गरी सकेको छ । ज्योती विकास बैकले धादिङको गल्छीमा हालै शाखा संचालनमा ल्याएको छ ।