दुईजना झाँक्री मारेको आरोपमा अनुसन्धानगर्न ३१ जना गाउँले हिरासतमा

2239 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,८ साउन – धादिङ जिल्लाको उत्तरी भेगको विकटमा रहेको गंगाजमुना गाउँपालिका वडा नम्बर २ लतावमा चार दिन अघि गाउँलेको कुटपिटबाट दुई जनाको हत्या भएको बिषयमा अनुसन्धान गर्न प्रहरीले ३१ जना गाउँलेलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ ।
गाउँघरमा झाँक्री काम गर्दै आएका ६४ बर्षिय पुरुङ माईला भनिने प्लेक तामाङ र ५२ बर्षका नर्वुङ भनिने नरुङ तामाङलाई गाउँलेहरुले शुक्रवार सामुहिक रुपमा कुटपिट गरेका थिए । गाउँलेहरुको कुटाइका कारण दुवै जनाको शनिबार मृत्यु भएपछि घटनाको अनुसन्धान गर्न गाउँ पुगेको प्रहरी टोलीले ४ जना महिला सहित ३१ जनालाई नियन्त्रणमा लिएर सोमबार राती जिल्ला प्रहरी ल्याईपु¥याएको धादिङका एसपी डम्बर बिकले बताउनुभयो ।
घटनास्थल निकै विकटमा रहेका कारण प्रहरी पुग्न दुई दिन लागेको थियो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक रामबहादु्र केसीको नेत्तृत्वमा गएको नेपाल प्रहरी र शशस्त्र प्रहरी वल समेत गरी ६० जनाको सुरक्षा टोलीले हत्याको आरोपमा अन्ुसन्धान गर्न लताव गाँउका ३१ जनालाई पक्राउ गरेर सोमबार राती अवेर जिल्ला ल्याईपु¥याएर उनिहरु सवैलाई जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा राखिएको छ । पक्राउ परेकाहरुलाई मंगलबारनै जिल्ला अदालत पेश गरिने जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
गाउँमा धामी झाँक्रीको काम गर्ने दुवैजनालाई गाउँलेहरुले नियन्त्रणमा लिएर गत शुक्रवार मरणाशन्न हुने गरी कुटपिट गरी घाईते बनाएको र सोही कुटपिटका कारण घाईते भएका दुबैलाई शनिवार पुन कुटि कुटि मारिएको मृतकका आफन्तहरुले वताएका छन ।
मृतक दुवै झाँक्री रहेको र तामाङ समुदायमा झाँक्री प्रति अति विश्वास भएका कारण धेरै जसो विरामीको उपचार झाँक्रीबाट गराउँदा विरामीको अकालमा ज्यान जाने समेत गर्दछ । मृत्यु भए लगत्तै गाउँलेहरुले शव नियन्त्रणमा लिएर दाहसंस्कार गरेका कारण अनुसन्धानका लागी सबैलाई पक्राउ गर्नु परेको प्रहरी उपरिक्षक विकको भनाई छ । पक्राउ परेका सबै दोषि नहुन पनि सक्छन, हत्या सामूहिकरुपमा भएकाले अनुसन्धान कार्यलाई प्रभाव पार्ने र थप प्रमाण नष्ट गर्ने काम कतैबाट नहोस भनेर गाउँका सबैलाई नियन्त्रणमा लिएकाले घटनाको अनुसन्धान नसकिएसम्म केही भन्न नसकिने एसपि विकले वताउनुभयो । साविकको रि गाविसको वडा नम्बर ६ मा पर्ने अहिलेको गंगाजमुना गाउँपालिकाको वडा नम्बर २ लताव तामाङ समुदायको मात्र वसोवास रहेको क्षेत्र हो ।
शनिबार उनीहरुको मृत्यु भएको जानकारी आएपछि मृतकको आफन्तहरुको सूचनाको आधारमा स्थानीय जनप्रतिनिधिले घटनाका बारेमा बुझन खोज्दा गाउँलेहरुले गाउँपालिकाका उपाध्यक्ष र वडा अध्यक्षलाई समेत घटनास्थल पुग्न दिएका थिएनन् । हत्या भएको व्यक्तिको वारेमा प्रहरी र स्थानीय जनप्रतिनिधिलाई समेत जानकारी समेत नगरि गाउँलेहरुले जवरजस्ति शव जलाईदिएको कारण घटना रहस्यपूर्ण रहेको गंगाजमुना गाउँपालिका अध्यक्ष बलबहादुर अधिकारीले वताउनु भयो ।
एसपी बिकका अनुसार कुटपिटबाट घाइते भएका दुबै जनाको शनिबार साँझ ४ बजे मृत्यु भएको र सांझ ६ बजे शव जलाईसकेको भन्ने खबर आएपछि आईतबार विहानै जिल्लाबाट प्रहरी टोली घटनास्थल पठाईएको थियो । जिल्लाबाट खटिएको प्रहरी टोली आईतबार राती गाउँ पुगेर गाउँलेहरुलाई नियन्त्रणमा लिएर सोमबार राती ११ वजे जिल्ला प्रहरी कार्यालय आईपुगेको थियो ।