धादिङ र चितवनमा दुर्घटना ८ जनाको मृत्यु

1766 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ११ साउन – धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नम्बर ४ मा पर्ने पृथ्वीराजमार्गको जहरेखेत नजिकै नीजि कार त्रिशूली नदीमा खस्दा एकको मृत्यु भएको छ भने २ जनालाई उद्दार गरिएको छ ।
काठमाडौंबाट पोखरा जाँदै गरेको बा १४ च ३७५८ नम्बरको कार २५ मिटर तल त्रिशूली नदीमा खस्दा कास्की जिल्ला पोखरा वैदाम घर भएका ५१ वर्षका मधुसुदन सुवेदीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । दुर्घटनामा कारका चालक रामेछापका सानुबाबु सुनुवार र ललितपुर इमाडोलका शैलेन्द्र राउत घाईते भएको प्रहरीले जनाएको छ ।

यसै गरी काठमाडौंबाट पोखरा हुँदै स्याङ्जा जाँदै गरेको बस त्रिशूली नदीमा खसेको छ ।चितवनको इच्छाकामना गाउँपालिका–३ तुम्लिङटारमा ना ६ ख २५०६ नं को बस विपरित दिशाबाट आउँदै गरेको ना ५ ख ७४०९ नं को ट्रकसँग ठोक्किदा नदीमा खसेको हो ।

दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । जसमा ५ जनाको सनाखत भएको छ ।

सनाखत हुनेहरुमा 

पाल्पा बेगनासकालिकाका अर्जुन न्यौपाने
तनहुँ भानु न.पा. ५ का सुमित श्रेष्ठ
तनहु भन्सारका कमला श्रेष्ठ
काठमाडौंका रबिन गुरुङ
तनहुं केशवटारका बाबुराम तिवारी रहेका छन् भने

नाम थर नखुलेको एक  बालक र
नाम थर वतन नखुलेकी एक महिलाको सनाखत हुन सकेको छैन

दुर्घटनामा घाइते भएका २३ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइतेहरुलाई उपचारको लागि भरतपुर पुरानो मेडिकल कजेल र धादिङको गजुरी लगिएको छ ।