गत आवमा दर्ता भए ५ सय उद्योग, साढे ३ खर्ब लगानी

665 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपालमा गत आर्थिक बर्ष २०७४/७५ मा ४ सय ९६ ओटा उद्योग दर्ता भएका छन । नेपालमा साना ठूला तथा मझौला गरी गत आवमा ४ सय ९६ उद्योग दर्ता भएको उद्योग विभागले जानकारी दिएको छ । गत आबमा सो उद्योगमा ३ खर्व ५० अर्ब रुपैयाँभन्दा बढिको लगानी भित्रिएको छ हो । विभागको तथ्याङ्क अनुसार संख्याको हिसावले गत बर्ष सवैभन्दा बढी पर्यटन क्षेत्रका उद्योगहरु दर्ता भएका हुन । १ बर्षमा पर्यटन क्षेत्रमा २३ अर्ब रुपैया लगानीका १ सय ५९ ओटा उद्योगहरु दर्ता भएका हुन । तर, लगानीको हिसावले सबैभन्दा बढि उद्योग उत्पादनमुलक क्षेत्रमा आएका छन् । यस क्षेत्रमा गत आबमा ७७ अर्ब रुपैयाँ लगानीका १ सय ३० ओटा उद्योगहरु दर्ता भएका छन यसैगरी तेस्रो बढि उद्योग सेवामुलक क्षेत्रमा रहेको छ । सो क्षेत्रमा ५ अर्ब १२ करोड रुपैयाँ लगानीमा १ सय १४ उद्योग दर्ता भएका छन् भने सो क्षेत्रबाट ५ हजार ५ सय जनाले रोजगारी पाउने तथ्याङ्कमा उल्लेख छ । । साथै गत बर्ष उर्जा क्षेत्रमा मात्रै २ खर्ब ३३ अर्व बराबरको लगानी स्वीकृत भएको विभागको तथ्याङकमा उल्लेख छ । ऊर्जा क्षेत्रमा ३९ ओटा उद्योग दर्ता भएका छन । गत आवमा सवैभन्दा कम लगानी सुचना, प्रशारण तथा संचार प्रविधि क्षेत्र रहेको छ । सो क्षेत्रमा ७५ करोड बराबरको मात्रै लगानी स्वीकृत भई २४ ओटा उद्योग दर्ता भएका विभागको तथ्याङ्कमा उल्लेख छ ।