नीलकण्ठ नगरपालिकाको त्रैमासिक बुलेटिन ‘नीलकण्ठ दर्पण’ प्रकाशन

1408 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नगरपालिकाको गतिविधि, र कार्यक्रम   सेवाग्राही तथा सरोकारवालाहरुलाई जानकारी गराउने उद्धेश्यले नीलकण्ठ नगरपालिकाले त्रैमासिक बुलेटिन ‘नीलकण्ठ दर्पण’ प्रकाशन शुरुवात गरेको छ । त्रैमासिक बुलेटिनको सोमबार विमोचन गरेको छ । नगरपालिकाले बैशाख महिनादेखि असारसम्म गरेका क्रियाकलापहरुलाई समेटेर नीलकण्ठ दर्पण प्रकाशन शुरुवात गरेको हो ।

धादिङ जिल्लाका प्रमुख अधिकारी भागिरथ पाण्डे, नीलकण्ठ नगरपालिकका मेयर भिम प्रसाद ढुङगाना, उपमेयर मनराज भण्डारीले सोमबार उक्त पुस्तकको विमोचन संयुक्त रुपमा विमोचन गरेका हुन ।

नगरपालिका खुल्ला सरकारको अवधारणा अन्र्तगत संचालन भईरहेको र नगरपालिकाको समग्र विकासका लागि जिल्लाका सबैसरोकारवालाहरु संग सहकार्य गरेर जिल्ला सदरमुकाम समेत रहेको नीलकण्ठ नगरपालिका क्षेत्रलाई नमूना वनाईने नगर प्रमुख भिमप्रसाद ढुंगानाले  वताउनु भयो ।

वुलेटिन विमोचन संगै नीलकण्ठ नगरपालिकाले साविकको सुनौलावजार र खाल्टे गाविसमान लामो समय देखि महिला स्वास्थ्य स्वयमसेवीकाका रुपमा कार्यरत दुई जनालाई सम्मान गरेको छ । उमेर हदका कारण सेवाबाट विदा लिनु भएकी खाल्टेकी वेदकुमारी ढुंगाना र सुनौलावजारकी सावित्री श्रेष्ठलाई सम्मान पत्रको साथमा नगद २० हजार दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।