गल्छी गाउँपालिकाको परिचय नीति योजना र बजेट समेटिएको पुस्तिका सार्वजनिक

1978 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गल्छी-गल्छी गाउँपालिकाको परिचय तथा आर्थिक वर्ष २०७५÷ ०७६ को नीति योजना र बजेट समेटिएको पुस्तिका मंगलबार सार्वजनिक गरिएको छ ।
गाउँपालिकाद्धारा पारित आर्थिक वर्ष २०७५÷ ०७६ को नीति योजना र बजेट सार्बजनिकिकरण कार्यक्रमको अवसर पारेर मंगलबार गल्छी गाउँपालिका वडा नम्बर ८ छाङगेश्वर मन्दिरको सभाहलमा सामूहिक रुपमा पुस्तक विमोचन गरिएको हो । गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ, उपाध्यक्ष राधा तिमिल्सिना,प्रमुख प्रशासकीय अधिकृत पुण्यबिक्रम पौडेलका साथै गल्छी गाउँपालिकाका ८ वटै वडाका वडाअध्यक्षहरु, कार्यक्रममा सहभागी विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुले सामूहिक रुपमा पुस्ततको विमोचन गरेका हुन ।

गाउँपालिकाका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रमलाई नेकपाका नेता केदारनाथ खतिवडा,रामकृष्ण रिमाल,राप्रपाका अध्यक्ष प्रेमवहादुर अधिकारी लगायतले सम्वोधन गरेका थिए । कार्यक्रममा गाउँपालिका भित्र रहेका सरकारी तथा गैर सरकारी कार्यालयका प्रतिनिधि, निजी तथा सामुदायिक बिद्यालयका प्रधानाध्यापक र शिक्षकहरु, सहकारी संस्थाका प्रतिनिधि,नागरिक समाज तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।पुस्तकमा गाउँपालिकाको परिचय, धार्मिक, सांस्कृतिक,ऐतिहासिक तथा पर्यटकीय महत्वका क्षेत्रहरुका साथै गल्छीको ऐतिहासिक महत्व,गाउँपालिकाको निती कार्यक्रम र वजेट, गाउँपालिकाद्धारा पारित,आर्थिक विधेयक कर्मचारी तथा जनप्रतिनिधिहरुको सम्पर्क नम्बर, जिल्ला भित्रका महत्वपूर्ण टेलिफोन नम्बरहरु समेटिएका छन । पुस्तकको मुद्रण नेत्रावती छापाखाना गल्छीले गरेको हो ।