तामाङ समाज न्युयोर्कद्वारा ११ विद्यार्थी सम्मानित

1218 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

न्युयोर्क

                       अमेरिकामा उच्च शिक्षा हासिल गरेका ११ जना तामाङ समुदायका विद्यार्थीलार्इ सम्मान गरेको छ । न्युयोर्कमा बसोबास गरी २०१८ मा एसोसिएट डिग्री वा सोभन्दा माथी शिक्षा हासिल गरेकालार्इ सम्मान गरेको हो ।

                        तामाङ समाज न्युयोर्कद्वारा अायोजित कार्यक्रममा युवाहरुलाई सम्मान गर्दै उनीहरुला‌ई बिभिन्न करिअर सन्दर्भमा छलफल गरी सहयोग पुर्याउने उद्देश्यले जुलाईको २९ तारिक आईतबार न्युयोर्क स्थित ज्याक्सन हाईटमा उक्त कार्यक्रमको सम्पन्न भएको हो ।

                      सम्मानित हुनेहरुमा मास्टर्स डिग्री पुरा गरेका अमृत लामा थिए भने ब्याचलर डिग्री पुरा गरेका मरिना तामाङ, उमा लामा, करुणा लामा, निलिमा रुम्बा र एन्जेला गरी पाँच जना थिए । त्यसैगरी तेन्जी योन्जन, सरीता लामा, साङ्मो लामा, तेन्जिङ योन्जन र सोनिका लामाले एसोसिएट डिग्री पुरा गरेका थिए ।

                         उच्च शिक्षासँगै अमेरिकामा कसरी आफूले चाहेको क्षेत्रमा करिअरको विकास गर्दै जाने भनेर छलफल गर्न बिभिन्न क्षेत्रमा सफलता हासिल गरेका नौ जनाले आफ्नो क्षेत्रको बारेमा अनुभवहरु साटासाट गरेका थिए । कार्यक्रम तालिका अनुसार डा. बर्षा मोक्तान, डा. अायुसमान तामाङ , कम्प्युटर ईन्जिनियर रोशन लामा, ईलेक्ट्रिक ईन्जिनियर समीर तामाङ, लाग्वार्डिया कम्युनिटी कलेजका सल्लाहकार प्रविन मोक्तान, युवा व्यवसायी पवन मोक्तान, पुर्व मिस तामाङ (२०१३), लाक्पा तामाङ लगायतले करिअर विकास सम्बन्धी अनुभवहरु सुनाए ।

                  आयोजक संस्थाका सचिव दिपेन्द्र लामाका अनुसार तामाङ युवा जगतलाई उच्च शिक्षासँगै करिअरमा अगाडी बढ्न उत्साह जगाउँने कार्यक्रमको प्रशंसा गर्दै प्रोफेसर क्याथरिन मार्च, सांसद नविना लामा, नेपाली सेनाका कर्णेल तथा गीतकार डा. आश बहादुर तामाङ, जापानका लागि पूर्व राजदूत तथा समाजसेवी गणेश योञ्जन, बिमान चालक सिनियर क्याप्टेन तथा कलाकार बिजय लामा लगायतले सफलताको लागि शुभकामना पठाएका थिए ।

                      कार्यक्रममा उपस्थित गैह्रअावासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाका महासचिव बाबुराम लामा, तामाङ समाज उत्तर अमेरिकाका अध्यक्ष लक्यान लामा, संस्थापक अध्यक्ष सुवास लामा, पूर्वअध्यक्षहरु राम तामाङ, सूर्य पाख्रिन लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

                        सम्मान कार्यक्रमलाई प्रत्येक बर्ष नियमित गर्ने कार्य्रमका सभापति तथा आयोजक संस्थाका अध्यक्ष गोमा योञ्जनले बताईन् ।

                     कार्यक्रमलार्इ चरणबद्धमा संस्थाका सचिव दिपेन्द्र लामा, सहसचिव रोज लामा र संयोजक छिरिङ योञ्जनले सहजीकरण गरेका थिए । स्रोत:सैलुङअनलाइन