पहिरोले घर भत्किंदा भारमालेमा १३ बर्षिय बालकको ज्यान गयो

1906 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,२० साउन  : पहिरोले घर भत्किंदा धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १० भारमालेमा १३ बर्षिय एक वालकको ज्यान गएको छ ।
विहानै देखि परेको बर्षाका कारण शनिवार बेलुकी ८ वजे तिर ज्याममरुङको भारमाले स्थित यामबहादुर पुलामीको घर पहिरोले भत्किंदा उनको १३ बर्षिय छोरा सुजन पुलामीको घरभित्रै च्यापिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घरमा रहेका अरु सामान्य घाईते भएका छन् ।उनिहरुको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भईरहेको वताईएको छ । जिल्लाको अधिकांश स्थानमा शनिवार विहानै देखि परिरहेको बर्षा अहिले पनि रोकिएको छैन ।

-प्रतिनिधि तस्बिर