गल्छी र गजुरीमा एनआईसि एसिया बैंकको शाखा सञ्चालनमा

4211 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ -पछिल्लो समय बैकिङ हव वन्दै गएको धादिङको गल्छीवजारमा एनआईसि एसिया बैकको शाखा संचालनमा आएको छ । मंगलवार एक कार्यक्रमका बिच शाखाको औपचारिक उदघाटन गरिएको छ । नेपाल हु्ंदै चिन र भारतलाई जोड्ने केरुङ ठोरी मार्गको मुख्य नाकाको रुपमा रहेको गल्छीवजारमा पछिल्लो समय बैकहरुको शाखा खुल्नेक्रम बढ्दै गएको छ ।
गल्छी र गजुरीमा गरी धादिङमा एकै दिन एनआईसि एसियाको दुई शाखा सञ्चालनमा आएको छ ।  बैंकले धादिङको गल्छी गाउँपालिका वडा नं ७, गल्छीवजारमा रहेको शाखाको गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठबाट र  गजूरी गाँउपालिका वडा नं. १,गजूरी वजारमा रहेको शाखा गजूरी शाखाको  गजूरीगाँउपालिकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेत बाट  साउन २१ गते उद्घाटन गरिएको हो ।

योसँगै अब यो बैकको मुलुकभर २३४ शाखा कार्यालयहरु, २२४ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १६ वटा शाखा रहित बैंकिङ्ग ईकाईको विशाल सञ्जाल रहेको छ । बैंकको वासलातको आकार रू. १७४ अर्ब भन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब रू. १४९अर्ब पुगी निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १२० अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको बैकका सहायक प्रमुख कार्यकारी अधिकृत एवम सूचना अधिकारी सुधिरनाथ पाण्डेले जानकारी दिनुभयो ।