आज कृष्ण जन्माष्टमी,कृष्ण मन्दिरहरुमा भक्तजनहरुको घुँइचो

1462 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ : आज कृष्ण जन्मास्टमी, भगवान श्रीकृष्णको जन्म दिन हिन्दु धर्मालम्बीहरुले कृष्णको पूजाअर्चना गरि हिन्दु धर्मालम्बीहरुले मनाइरहेका छन् । उपत्यकाको पाटनस्थित कृष्णमन्दिर लगायत देशभरका कृष्ण मन्दिरहरुमा समेत भक्तजनहरुको बिहानैदेखि घुँइचो लागेको छ । द्वापर युगमा पिता वासुदेव र माता देवकीको कोखबाट भगवान् विष्णुको अवतारको रूपमा यसै दिन उनको जन्म भएको मानिन्छ ।

कर्म गर फलको आशा नगर भन्ने कृष्णवाणी मनन योग्य छ । सूर्य योगमा भगवान् रामको जन्म भएको मानिए जस्तै चन्द्र योगमा भगवान कृष्णको जन्म भएको शास्त्रमा वर्णन गरिएको छ । चन्द्र योगको उत्तम वस्तु दुग्ध पदार्थ रहेकाले भगवान् श्रीकृष्ण दही मखन रुचाउने स्वभाव रहेको भगवान श्रीकृष्ण दही मखन चढाउँदा प्रशन्न हुन्छन् भन्ने मान्यता छ ।

आफैँमा रसरङ र गोपिनीसँगको राशलिलासँग जोडिएको उनका अनेकौँ घतलाग्दा रोमाञ्चकारी प्रसङ्ग पुराणहरूमा पाइन्छ । ज्ञान कर्म र भक्तियोगका प्रणेताका रूपमा उनलाई पुजिन्छ ।

पाटनको कृष्ण मन्दिर, पशुपति मन्दिर परिसरको स्वेतवर्ण कृष्ण, गोठाटारको कृष्ण मन्दिर, हनुमानढोकाको कृष्ण मन्दिर लगायत सवै कृष्ण मन्दिरमा यो दिन मेला लाग्छ । कृष्ण प्रणामी र इस्कोन समुदायले बुढानीलकण्ठमा यसै अवसरमा उत्सव राखेका छन् ।