दुई किलो नक्कली सुनसहित ६ जना पक्राउ,धादिङका ३ जना

1043 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं, १९ । भदौ प्रहरीले काठमाडौंबाट नक्कली सुनसहित ६ जनालाई पक्राउ गरेको छ ।

महागनरीय प्रहरी परिसर काठमाडौंले दुई किलो नक्कली सुनसहित पक्राउ परेकाहरुलाई मंगलबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा धादिङ घर भइ कोटेश्वर बस्दै आएका अभिषेक तामाङ,  धादिङका राज तामाङ, नुवाकोटका राम तामाङ,नुवाकोट घर भइ सोह्रखुट्टे बस्दै आएका जितेन तामाङ, नेपालटार बस्दै आएका विरेन्द्र तामाङ र धादिङकै राजकुमार तामाङ छन् ।

प्रहरीले उनीहरुलाई नागढुंगामा चेकजाँच गर्नेक्रममा पक्रेको हो । महागनरीय प्रहरी परिसरका प्रवक्ता रामदत्त जोशीले नक्कली सुनलाई सक्कली भनेर बिक्री गरिरहेको सूचनाको आधार उनीहरुलाई पक्राउ गरिएको बताए ।जोशीका अनुसार अभियुक्तलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।