तामाङ चलचित्र सेमकी तम एनआईएफएफ अवार्ड न्युयोर्क मा छनौट

1859 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नेपाल आदिबासी चलचित्र महोत्सब तथा NEPAL INDIGENOUS FILM FESTIVAL & NIFF AWARD 2018 NEW YORK को लागि तामाङ चलचित्रहरु मध्ये बाट रूशन फ्युबा निर्देशित सेम्की तम छनौटमा परेको छ । FEDERATION OF INDIGENOUS PEOPLE OF NEPAL IN AMERICA FIPNA को आयोजना मा सेप्टेम्बर १५ र १६ मा हुने उक्त चलचित्र महोत्सब तथा अवार्ड को लागि बिभिन्न जातिय चलचित्रहरु छनौटमा परेका छन । ल्हाप्साङ्कार्पो म्युजिक को ब्यानरमा प्रिया तामाङले निर्माण गरेको सेम्की तम बिशुद्ध तामाङ् चलचित्र हो ।

सिन्धुपाल्चोक को भोटङ (पाँचपोखरी ) आसपास क्छायान्कन गरेको सेम्की तम मा त्यहिको स्थानइय तामाङ् बिभाषा र स्थानिय तामाङ पहिरन हरुको प्रयोग साथै ९५% स्थानिय कलाकारहरुको अभिनय रहेको छ । नायक कुमार मोक्तान बाहेक अरु सबै कलाकार स्थानिय नयाँ कलाकारहरु हुन । भोताङ को तमाङहरुको जीवन शैली र कला सन्स्कृतिलाई सेम्की तम मार्फत देखाउन खोजिएको छ । बिशेष गरी चेली हरु सानै उमेरमा बिदेशिनु भोताङको चलन र समस्या, गाऊमा बसे सानैमा बिबहा गर्नु पर्ने बाध्यता सेम्की तम मा देख्न सकिने छ । सानैमा बिबहा बन्धनमा बाधिनाले बिनाकारण घरेलु हिम्सा र महिला हिम्सा हुने गरेको बिषयलाई समेत् चलचित्रमा समेटिएको छ । भोताङको तामाङ हरुको बिबहा गर्ने परम्परा पनि चलचित्र मा समाबेश छ । चलचित्र सेम्की तम ले मान्छेलाई आत्मा निर्भर हुन सिकाउछ भने बिदेशिन खोज्ने हरु प्रती मुख्य नायक दावाको पात्रले निरुत्साहित तुल्याउन सक्छ ।

महिला हिम्सामा सरिक दावा पात्र खलनायक जस्तो देखिएता पनि सबै घटना क्रम लाई निरन्तरता दिदै अन्त्यमा सबैको सुझाब बाट आफ्नो श्रीमती लाई माया गर्ने र सकरात्मक भूमिकामा देखिन्छ । निर्देशक रोशन फ्युबा तामाङ निर्देशित सेम्की तम उनको तेस्रो चलचित्र हो । १०० भन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेका रोशन ले चलचित्र ल्हाप्साङ्कर्पो , श्याल्गर , हिमालकी रानी, सेम्की तम, आदी मा निर्देशकिय भूमिका निभाइसकेको छ । ठुलो पर्दाको चलचित्र नीरफूल मा पनि सह निर्देशकको रुपमा काम गरेको अनुभव छ ।