यौनजन्य हिंसा नियन्त्रण गर्न हरेक स्कुलमा प्रहरी

2262 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ–महिला हिंसा र यौनजन्य अपराध न्युनिकरण गर्न नेपाल प्रहरीले एक महिने विद्यालय सचेतना कार्यक्रम आरम्भ गरेकोछ । सोमवार विहान सदरमुकाम स्थित नीलकण्ठ माध्यमिक विद्यालय वाट औपचारिक रुपमा ‘स्कुल–स्कुलमा प्रहरी’ कार्यक्रमको आरम्भ गर्दै जिल्ला प्रहरी प्रमुख डम्वरवहादुर विकले ‘ महिलाहिंसा र यौनजन्य अपराध नियन्त्रण गर्न कानुन मा कडाई मात्र गरेर नभै किशोर उमेर देखिनै अपराध विरुद्ध सचेतना जगाउनु पर्ने वताए ।
नीलकण्ठ विद्यालका प्रधानाध्यापक विष्णप्रसाद सिलवालले ‘ किशोर मस्तिष्कमा विद्यार्थीहरुलाई महिला हिंसा, यौनजन्य अपराध र समाजमा पार्ने नकारात्मक प्रभावहरु वारे संम्झाउन सके मात्रै यौनजन्य अपराध न्युनीकरणमा मद्धत पुग्ने वताए ।

तस्वीर : नेपाल प्रहरीले संचालन गरेको एक महिने ‘स्कुल स्कुलमा प्रहरी’–कार्यक्रमको आरम्भ गर्दै जिल्ला प्रहरी प्रमुख । तस्वीर  : हरिहरसिंह राठौर

‘ वालवालिका र किशोर उमेर समुहलाई अपराध वाट विमुख गराउन विद्यमान कानुनले मात्रै नभएर घरमा अविभावक र स्कुलमा शिक्षकहरुकै महत्वपुर्ण जिम्मेवारी रहने ’ वताउदैं कार्यक्रममा उपस्थित प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेयले ‘ किशोरकिशोरी अवस्थानै अपराधवाट विमुख गराउने उपयुक्त समय भएको वताए ।
महिला हिंसामा कार्यरत सामाजिक अभियन्ता एवम अधिवक्ता राधिका सापकेटाले ‘ नचिनेका व्यक्तिहरु भन्दा चिनेका र विस्वास गरेका आफन्तजनहरु वाटै वलात्कार तथा यौनजन्य अपराध हुने गरेकोले विद्यालय उमेर देखिनै महिला हिंसा र यौनजन्य अपराध विरुद्ध किशोर किशोरीहरु लाई प्रतिवद्ध गराउनु पर्ने वताईन् ।
महिला हिंसा क्षेृत्रमै कार्यरत अधिवक्ता तोलाकुमारी पाठकले जिल्लाको विगतका ३ वर्ष देखि यताका समग्र महिला हिंसा र यौनजन्य अपराधका गतिविधीको शव्द चित्र प्रस्तुत गर्दै ‘ जिल्लामा ११ वर्ष देखि १८ वर्ष सम्मका महिलाहरुनै वढी यौनजन्य अपराधका शिकार हुने वताईन्, विगतका ३ वर्षमा ३६ जना १८ वर्ष मुनिका किशोरीहरु वलात्कारको शिकार भएको वताउदैं विगत ३ वर्षमा ४६ वटा वलात्कार र वलात्कारगर्ने २२ वटा प्रयास गरिएको वताईन् ‘यो अभियान जिल्लाका सवै प्रहरी युनिटहरुले स्थानीय तहका सवै विद्यालयहरुमा एक महिनामा संचालन गरि सक्ने प्रहरी नायव उपरिक्षक श्याम प्रसाद महतोले वताए ।