धादिङका लक्ष्मण शर्मा सार्क शिक्षक महासंघको महासचिवमा निर्वाचित

931 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, – सार्क स्तरीय शिक्षकहरुको संगठन सार्क शिक्षक महासंघको महासचिवमा धादिङ सिद्धलेक गाउँपालिका वडा नम्बर ७ आदमटारका लक्ष्मण शर्मा निर्वाचित भएका छन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय अध्यक्ष  शर्मा  श्रीलंकामा सम्पन्न सार्क टिचर्स फेडेरेसनको अधिवेशनबाट महासचिवमा निर्वाचित भएका हुन् । ६ देशका १३ भन्दा बढी संगठनहरुको प्रतिनिधित्व रहेको कार्यक्रमको उद्घाटन श्रीलंकाका शिक्षा मन्त्री अकिला विराज करियवसमले गरेका थिए ।

सेप्टेम्बर १७-१८ मा सम्पन्न सम्मेलनबाट कार्यकारिणी समितिको महासचिवमा निर्वाचित शर्मा नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङका पूर्व अध्यक्ष एवम सत्यवती मावि सिद्धलेक, आदमटारका पूर्वप्रधानाध्यापक पनि हुन् ।