रोटरी क्लब धादिङको अध्यक्षमा गोविन्द बुढाथोकी

868 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङबेसी, – सामाजिक सेवामा समर्पित संस्था रोटरी क्लब धादिङको अध्यक्षमा गोविन्द बुढाथोकी चयन भएका छन् ।

मानवीय सेवाभाव सहित स्थापित अन्तर्राष्ट्रिय संस्थाको धादिङ च्याप्टरमा शुक्रबार सम्पन्न पदस्थापन कार्यक्रमबाट अध्यक्ष पद हस्तान्तरण गरिएको हो । प्याब्सन धादिङका अध्यक्ष, नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका उपाध्यक्ष तथा रेडक्रस सोसाइटी नीलकण्ठ उपाशाखाका अध्यक्ष बुढाथोकी सामाजिक काममा पनि सक्रिय छन् ।

पदस्थापन कार्यक्रमका प्रमुख अतिथि रोटरी क्लब चितवनका प्रेसिड्नट केशवराज भुर्तेलले अध्यक्ष बुढाथोकीलाई एक वर्षे कार्यकालका लागि शपथ खुवाए । त्यसैगरी रोटरी क्लबको अभ्यास अनुसार उनका जीवन संगिनी रिता बुढाथोकीलाई प्रथम महिलाको पद पदस्थापन गरियो ।

अध्यक्षको जिम्मेवारी सम्हालेसँगै बुढाथोकीले ‘मानवीय सहयोग र विकास निर्माणमा रोटरी क्लब धादिङ’को मूल लक्ष्यसहितको प्रतिवद्धता सार्वजनिक गरेका छन् । उनले एक वर्षीय कार्यकाल योजनाहरु सार्वजनिक गर्दै विद्यालयहरुको भवन निर्माणमा सहयोग, एम्बुलेन्स सञ्चालन तथा अन्य उपकरण हस्तान्तरणसँगै शिविर र गोष्ठीहरु सञ्चालन गर्ने बताएका छन् ।

१८ जना सदस्य रहेको रोटरी क्लब धादिङमा अघिल्लो कार्यकालमा हरि लम्साल प्रेसिडन्ट रहेका थिए ।