खाद्य अधिकार प्रर्वद्धनमा जुट्यो गजुरी गाँउपालिका

864 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

राजेन्द्र बस्नेत
गजुरी – आफ्ना नागरिकहरुलाई पोषणयुक्त खाद्यन्नमा अन्तरनिभर बनाउन गजुरी गाँउपालिकाले खाद्य तथा पोषण सुरक्षा योजना बनाउने भएको छ । आफ्ना नागरिकहरुलाई बाह्रै महिना खाद्य उपलव्धता, पर्याप्तता, पहुँच र दिगोपनाको लागि योजनावद्ध विकासका लागि खाद्य तथा सुरक्षा योजना तर्जुमा गरेर अघि बढ्ने गजुरी गाँउपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले बताए । योजना कार्यन्वयनमा आएपछि नागरिकको खाद्य अधिकार प्रर्वद्धनमा सहयोग पुग्ने अध्यक्ष बस्नेतको विश्वास छ ।
खाद्य अधिकार प्रर्वद्धनका लागि स्थानीय र सारोकारवालाहरुको भुमिका विषयक अन्तरक्रियामा बोल्दै प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले संविधानले व्यवस्था गरेको खाद्य सम्वनधी हक पुरा गर्नु सरकारको दायित्व हो । त्यही दायित्व परा गर्न खाद्य अधिकार ऐन २०७५ आइसकेको सन्र्दभमा गजुरी गाँउपालिकाले देशमै पहिलो पटक खाद्य अधिकार प्रर्वद्धन गर्न चालेको कदम प्रशंसा योग्य छ । अभाव, गरीवी र भोकमरी अन्त्य गर्न सक्ने र उत्पादनका श्रोतमा किसानको पहुँच पुग्ने गरी योजना बनाई अरु स्थानीय सरकारले पनि अनुसरण गर्न सक्ने गरी काम गर्नु सफल हुनुहोस प्रमुख नेपालले शुभकामना दिए ।
जनताको न्यूनतम आवश्यकता पुरा गरी खाद्य अधिकारको प्रत्याभुति गराउन कानूनहरु निमार्ण भईरहदाँ खाद्य तथा पोषण सुरक्षा योजना महत्वपूर्ण हुने भएकाले दिर्घकालिशन शोचका साथ निमार्ण गर्न कर्मचारी संयन्त्रले महत्वपुर्ण योगदान गर्ने प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगालले बताए । फियान नेपालका सचिव गोकर्ण रुपाखेतीले खाद्य अधिकार संविधान प्रदत्त अकिार भएकाले व्यक्ति व्यक्ति खाद्य जोखिम मुक्त हुनु पर्छ । हरेका व्यक्तिले खाद्य अधिकार प्राप्त गर्ने वातावरणका लागि खाद्य अधिकार ऐन २०७५ आएको बताए ।
अन्तरक्रिया कार्यक्रमा खाद्य सुरक्षा, खाद्यअधिकार र खाद्य सम्प्रभुता सम्वन्धि अवधारणागत राज्यकादायित्वहरु, खाद्यअधिकार सम्बन्धी विधमान कानुनी प्रावधानहरु र स्थानिय सरकारको भुमिका, गरिवी, भोकभरी, कुपोषणको अन्त्यका लागि स्थानीय तहमा खाद्य तथा पोषण सुरक्षायोजना निर्माणमा स्थानिय सरकार र सरोकारवालाहरुकोे भुमिका विषयमा छलफल गरिएको थियो । गजुरी गाँउपालिका र फियान नेपालले संयुक्त रुपमा गरिएको अन्त्ररक्रिमा गाँउपालिका अध्यक्ष, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत, विषयगत शाखा प्रमुखहरु, कृषि तथा पशुपंक्षी सेवाका प्राविधिकहरु, गैरसरकारी संस्थाका प्रतिनिधिहरु र आमा तथा महिला सञ्जालका प्रतिनिधिहरुको सहभागित ा रहेको थियो । अन्तरक्रियामा बोल्दै वडा अध्यक्ष केशव अधिकारीले नागरिकहरुलाई बाह्रै महिना पोषणयुक्त खाना खान सक्ने बनाउनु हाम्रो दायित्व भएकाले त्यही दायित्व पुरा गर्ने गरी योजना बनाउन आवश्यक भएकाृ बताए । पशुपंक्षी शाखा प्रमुख पार्वती तिवारीले योजनावद्ध तरीकाले काम गर्दा ठोस उपलव्धी मिल्ने र काम गर्न सजिलो हुने बताईन ।
अन्तरक्रियामा खाद्य अधिकार सवलीकरणमा क्रियाशिल संस्था फियान नेपालका कार्यकारी निर्देशक अशोक बहादुर सिंह, खाद्य सुरक्षा विज्ञ लुमनाथ अधिकारी र फियान नेपालका केस युनिट कोअडिनेटर तिलक अधिकारीले सहजिकरण गरेका थिए । पश्चात गाँउपालिका स्तरीय खाद्य तथा पोषण सुरक्षा योजना निमार्ण गर्न वडा अध्यक्ष चुडामणी कडेंलको संयोजकत्वमा खाद्य तथा पोषण सुरक्षा योजना तर्जुमा कार्य दल गठन गरेको छ । कार्य दलको सदस्यहरुमा आर्थिक विकास शाखा प्रमुख हरी पाटा मगर, स्वास्थ्य शाखा प्रमुख डा रामहरी रेग्मी, महिला तथा वालवालिका शाखा प्रमुख सरस्वती सिल्वाल, शिक्षा शाखा प्रमुख इश्वर कुमार श्रेष्ठ, पशुपंक्षी शाखा प्रमुख पार्वती तिवारी, कृषि शाखा प्रमुख शर्मिला सुवेदी, फिायन नेपालका फिल्ड संयोजक राजेन्द्र कुमार बस्नेत, शान्ती नेपालका लाल प्रसाद पोख्रेल आवश्यकता अनुसार शाखाको प्रमुखहरु र गैरसरकारी संस्थाका प्रतिनिधिहरु ग्रिने संयोजक कडेंलले बताए ।

(पत्रकार बस्नेत कारोवार दैनिकको धादिङ समाचारदाता हुनुहुन्छ । पत्रकारिता संगै बस्नेत खाद्यअधिकारका क्षेत्रमा पनि कृयाशिल हुनुहुन्छ ।