बुहारीलाई बलात्कार गरेको आरोपमा दुई जना जेठाजु पक्राउ

1061 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ९ असोज – बुहारी बलात्कारको आरोपमा दुईजना जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ ।
थाक्रे गाउँपालिका वडा नम्बर ११ कि २२ वर्षीय बुहारीलाई ३५ वर्षीय र २९ वर्षीय दुईजना जेठाजुले बलात्कार गरेको उजुरी पीडितले गरेपछि आरोपीतहरु पक्राउ परेका हुन् ।

पीडितलाई २ वर्ष अघिदेखि बलात्कार गर्ने गरेको पीडितले प्रहरीमा उजुरी दिएकी थिइन् । अन्तिम पटक ०७५ असोज ४ गते आफूलाई जेठाजुहरुले बलात्कार गरेका पीडितले बताएकी छिन् ।

अन्तिम पटक जेठो जेठाजुले ०७५ साउन २८ गते र माइलो जेठाजुले ०७५ असोज ५ गते बलात्कार गरेको पीडितले प्रहरीमा बताएकी छिन् । पीडितले आफूलाई होटल लगेर समेत बलात्कार गर्ने गरेको बताएकी छिन् ।

पटक–पटक घटना भएको र आरोपीहरुले अरु मानिसलाई समेत बलात्कार गर्न पठाएपछि आफूले सहन नसकेर न्याय लिन आएको बताएकी छिन् । जेठाजुहरुले एकजना नचिनेको मानिसलाई समेत बलात्कारका लागि पठाएको पीडितको आरोप छ ।
आरोपीतहरु हिरासमा राखेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।