वाल यौनशोषण विरुद्ध सचेतना जगाउन गाउँ गाउँमा अभियान

2825 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, –बाल यौन शोषण,यौन,प्रजनन स्वास्थ्य शिक्षा र बालविवाहका बिरुद्ध जन चेतना जगाउन धादिङ जिल्लामा संचालित वाल यौन शोषण विरुद्ध सचेतना कार्यक्रम प्रभावकारी वन्दै गएको छ । धादिङ जिल्लामा रहेर वालवालिका तथा महिलाका क्षेत्रमा काम गर्दै आईरहेको आवाज अभियान नेपाल अन्र्तगत सञ्चालनमा आएको वाल यौन शोषण विरुद्ध सचेतना कार्यक्रमको कारण समुदायमा परिवर्तन देखिन थालेको हो ।

आवाज अभियान नेपालले जिल्लाको थाक्रे, बेनिघाटरोराङ, सिद्धलेक र ज्वालामुखी गाउँपालिकमा संचालन गरिरहेको वाल यौन शोषण विरुद्ध सचेतना कार्यक्रमको प्रभावले बिद्यालय जाने उमेरका किशोर किशोरीहरु पढाईका अतिरिक्त गाउँ गाउँमा पुगेर सडक नाटक प्रदर्शन,सडक सुरक्षाका लागि ट्राफिक शिक्षा,बाल यौन शोषण,प्रजनन स्वास्थ्य, वालविवाह जस्ता विषयमा आफ्नो उमेर समूहका संग मात्रै होइन अभिभावकहरु संग पनि कुरा गर्न सक्ने भएका छन् ।

गाउँ बस्तीका टोल र विद्यालयमा यौन, प्रजनन स्वास्थ्य शिक्षा, परिवार नियोजनका बारेमा जनचेतना जगाउन संस्थाले बाल क्लव, किशोरी समूह, आमा समूहको गठन गरी परिचालन समेत गरेको छ । यसरी वनाईका समूहहरु आफ्नो कार्यक्षेत्र भित्र निकै सक्रिय भएर काम गरिरहेको उनीहरुको गतिविधिले स्पष्ट पार्दछ ।
बाल क्लव, किशोरी समूह, आमा समूहले गर्ने गरेको गतिविधि,संवाद एवम छलफलबाट गाउँका सबै उमेर समूहका महिला पुरुषसमेत लाभान्वित भएका छन् । किशोरी समूहमा आएर छलफल गर्न थालेपछि समूहका सदस्यहरुले मात्रै होइन अन्य किशोरीहरुले पनि किशोरी अवस्थामा देखिने प्रजनन स्वास्थ्य, महिनावारीजस्ता विभिन्न स्वास्थ्य समस्याको समाधानमा चेतना आएको अनुभव गर्न थालेको सुनौलो किशोरी समूह वेनिघाट रोराङ वडा नम्बर ५ का अध्यक्ष हिमला वयलकोटी बताउनुहुन्छ ।

‘अहिलेसम्म जिल्लाका विभिन्न गाउँ, टोल र विद्यालयमा गरी पाँच हजार बढी किशोरी, वालवालिका,आमाहरुका बिचमा वाल यौन शोषण विरुद्ध सचेतना कार्यक्रम मार्फत यो शिक्षा दिइसकिएको आवाज अभियान नेपालका अध्यक्ष केशव दुवाडीले वताउनु भयो । अध्यक्ष दुवाडी भन्नुहुन्छ–‘बालवालिका, किशोरी आमा समूहको गतिविधिले धेरै जना महिला र किशोरी आफूमा भएको स्वास्थ्य समस्या बिषयमा खुलेर भन्न सक्ने भएका छन ।’
वाल यौन शोषण विरुद्ध सचेतना कार्यक्रम भएका गाउँबस्तीमा संस्थाका सहजकर्ताहरुले स्कुलमा गएर कक्षा ८, ९ र १० का छात्रछात्रालाई पनि यस्ता समस्याबारे जानकारी दिने गरेका छन । सहजकर्ताको जिम्मेवारीमा खंिटदैं आउनु भएकी गजुरी गाउँपालिकाकी इन्दिरा कुमालका अनुसार बिशेष गरी किशोेरीहरुले स्वास्थ्यका बारेमा राख्ने पुरानो सोच र लजाउने स्वभावमा ठूलो परिवर्तन आएको छ ।

कार्यक्रम सञ्चालन भएको क्षेत्रमा पुगेर संस्थाको सहजकार्ताले वाल क्लव, किशोरी समूह र आमा समूहको नियमित बैठक राख्ने, उनिहरुको गतिविधिको अभिलेखिकरण गर्ने,कार्यक्रम तय गरी त्यस्लाई कार्यान्वयन गराउन सहयोग गर्ने गर्दछन । वाल क्लव मार्फत बिद्यालय जाने उमेरका अति गरिव तथा बिपन्न वालवालिकालाई शैक्षिक सामाग्री सहयोग समेत गर्दै आईरहेको संस्थाले जनाएको छ ।
कार्यक्रम मार्फत किशोरी समूहले यौन प्रजनन स्वास्थ्य, महिनावारी, लैङ््गिकमा आधारित हिंसालगायत विषयमा आपसमा परामर्श गरी गाउँ समाजमा कसैलाई यस्तो समस्या देखिए समधानको लागि पहल गर्ने गरेका छन ।
आमा समूहले मासिक बचत,आयआर्जनका योजनाका साथै परिवार नियोजनका साधन, सुरक्षित मातृत्व, नवजात शिशु, एचआइभी एड्सको उपचार तथा परामर्श, सुरक्षित गर्भपतनका साथै सामाजिक विकृति अन्त्यका बिषयमा छलफल गरी यि बिषयमा जनचेतना जगाउने कार्यक्रमहरु गर्ने गरेको वेनिघाट रोराङ गाउँपालिकामा खटिएकी सहजकर्ता अक्षता मल्ल ठकुरी वताउनुहुन्छ ।

वेनिघाटरोराङ गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख रमेश अर्याल किशोरी समूह आमा समूहको माध्यमबाट समाजमा देखिने खालका परिवर्तन आएको स्विकार गर्नुहुन्छ । किशोरीको प्रजनन स्वास्थ्यमा पहिलेभन्दा केही सुधार भइरहेको पाइए पनि वेनिघाट रोराङको जोगिमारा क्षेत्रमा रहेका चेपाङ समुदायमा कम उमेरमै भागेर विवाह गर्ने चलन कायम रहेकाले यस्ता चलन रोक्न दवावमुलक अभियान आवश्यक रहेको अर्यालको सुझाव छ ।