भैरबी बचत तथा ऋण सहकारीको १७ औं साधारण सभा सम्पन्न

1637 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा रहेको भैरवी बचत तथा ऋण सहकारी संस्थाको १७ औं बार्षिक साधारण सभा शनिवार धादिङबेसीमा सम्पन्न भएको छ ।
संंस्थाका अध्यक्ष इश्वरकुमार श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभाको प्रमुख अतिथि धादिङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य खेम लोहनी रहनु भएको थियो । मुलुकको आर्थिक विकासका लागि सहकारी क्षेत्रले ठुलो योगदान पु¥याईरहेकाले अबका दिनमा सहकारीहरु पनि आफ्नो कार्यशैलीलाई अझै फराकिलो वनाए्र धेरै धेरै भन्दा सेवा प्रवाह गरी आर्थिक उन्नतीका योजनाहरु अघि बढाउनु पर्ने सांसद लोहनीको सुझाव थियो ।

महिला ६५६ र पुरुष ८६६, संस्थागत सदस्य ३ समेत गरी कुल शेयर सदस्य १५२५ जना बाल बचतकर्ता ३८२ जना रहेको संस्थाको शेयर पूँजी १ करोड २८ लाख ८ हजार ५ सय रहेको छ भने आर्थिक बर्ष २०७४/७५ असार मसान्त सम्ममा सम्पूर्ण खर्च कटाई ३० लाख ७९ हजार ८९ सय ७६ रुपैयाँ नाफा कमाउन सक्षम भएको संस्थाका अध्यक्ष इश्वरकुमार श्रेष्ठले जानकारी दिनु भयो ।
साधारण सभाले महासचिव रामलाल श्रेष्ठद्धारा प्रस्तुत आर्थिक बर्ष २०७४/\७५ को प्रतिवेदन र आर्थिक बर्ष २०७५/०७६ को प्रस्तावित कार्यक्रम, कोषाध्यक्ष बिष्णुलाल श्रेष्ठद्धारा प्रस्तुत आर्थिक बर्ष २०७४/०७५ को वास्तविक आय व्यय बिबरण तथा आर्थिक बर्ष २०७५/७६ को प्रस्तावित कार्यक्रम पारित गरेको छ । यसै गरी लेखा सुपरिवेक्षण समितिका संयोजक कृष्णकुमार श्रेष्ठद्धारा प्रस्तुत लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन,शिक्षा उप समितिका संयोजक विनोदमान श्रेष्ठद्धारा प्रस्तुत शिक्षा उप समितिको प्रतिवेदन, ऋण उप समितिका संयोजक गणेशकुमार श्रेष्ठद्धारा प्रस्तुत ऋण उप समितिको प्रतिवेदन समेत पारित गरेको छ । साधारण सभामा असल ऋणीहरुलाई सम्मान गरिएको थियो भने विभिन्न प्रकारका शल्यप्रकृया गरी उपचार गराएका शेयर सदस्यहरुलाई औषधोपचार खर्च समेत उपलव्ध गराईएको थियो ।
कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगानाका साथै विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरुको आतिथ्य रहेको थियो ।