नेकपा धादिङको पदाधिकारीहरुको संयुक्त बैठक सम्पन्न,कार्यालय मदन आश्रित भवनबाटै

1972 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- दुई ठुला कम्युनिष्ट पार्टी एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)को केन्द्रिय कमिटि वनेपनि तल्लो तहका कमिटि एकीकरण हुुन नसक्दा पार्टी कार्यकर्ताहरुमा निराशा छाएको छ । पार्टीको गतिविधि शुन्य अवस्थामा पुगेको छ भने  जिल्ला नेतृत्वमा आउन चाहनेहरुको दौडधुप पनि चलिरहेको छ । केही दिन अघि मात्रै केन्द्रीय कमिटिले प्रदेश कमिटिको इन्चार्ज, सह इन्चार्ज र अध्यक्ष तथा सचिवको जिम्मेवारी दिएर नेताहरुलाई कार्यक्षेत्रमा खटाएको कारण अव तल्लो तहका कमिटिहरु पनि एकीकरण भएर नयाँ खाकामा गठन हुने आशामा नेकपाका कार्यकर्ताहरु देखिएका छन । यसैबिच   नेकपा धादिङ अन्र्तगत साविक नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) धादिङका पदाधिकारीहरुको संयुक्त बैठक बुधवार सम्पन्न भएको छ ।
नेकपाका केन्द्रिय सदस्य खेम लोहनीको अध्यक्षतामा बसेको पदाधिकारी वैठकले नेकपा ३ नम्बर प्रदेश कमिटिको निर्णय परिपत्रलाई पूर्णरुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
बैठकले दैनिक कार्यलय संचालन गर्न धादिङबेसी पुछारवजारमा रहेको मदन आश्रित भवनबाटै कार्य संचालन गर्ने र कार्यालय संचालन गर्दा नयाँ जिल्ला कमिटिले पूर्णता नपाए सम्म साविक दुवै पार्टीका पदाधिकारी रहने एवम कार्यालय सचिवमा प्रेम सिलवाल र गंगादेवी श्रेष्ठलाई थप गर्ने निर्णय गरेको वताईएको छ ।
नेकपा धादिङको आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम कात्तिक ९ गते पार्टी कार्यालय मदन आश्रित भवनमा आयोजना गर्ने निर्णय गरेको छ भने साविक दुवै पार्टीको सदस्यहरुको सदस्यतालाई नेकपामा एकिकृत गरि विवरण सहित अद्यावधिक तथ्याङक तयार गर्ने निर्णय गरिएको केन्द्रिय सदस्य लोहनीले जानकारी दिनु भयो ।