तरबार प्रहारबाट सिमटारमा एक जना गम्भिर घाईते 

2329 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङको वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १ मा पर्ने जरुङ सिमटारमा छिमेकीले धारिलो हतियार प्रहार गर्दा एक जना गम्भिर घाईते भएका छन ।

खानेपानीको बिषयलाई लिएर छिमेकी बिच  विवाद हुदाँ शुक्रवार सांझ ७. ३० वजे तिर स्थानीय सुमबहादुर तामाङले सोही ठाउँका अभिषेक तामाङलाई धारिलो हतियार तरवारले प्रहार गरेका थिए । तरबार प्रहारबाट  अभिषेक  घाईते भएका थिए । अभिषेकको बीर अस्पताल काठमाडौँमा उपचार भइरहेको छ । पेट र हातमा चोट लागेको तामाङको अवस्था गम्भीर रहेको महादेवस्थान प्रहरी चौकीले जनाएको छ । पेटबाट आन्द्राभुंडी निस्केको अवस्थामा तामाङलाई उद्धार गरि उपचारका लागि काठमाण्डौं लगिएको थियो ।

तरबार प्रहार गर्ने सुमबहादुरलाई इलाका प्रहरी कार्यालय गजुरीले  पक्राउ गरेको छ । सुमबहादुर यस अघि पनि विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई सजाय भोगेका व्यक्ति रहेको गाउँलेहरुले वताएका छन । जरुङ सिमटारमा पानीको निकै समस्या रहेको छ । पानीको दुःख भएकाले यहाँ सिंचाई र खानेपानीको बिषयमा पटक पटक गाउँवासीका बिच आपसमा झगडा पर्ने गर्दछ ।

. पत्रकार तुलसी थापाको सहयोगमा