logo

विदेशको कमाइ गाउँमै लगानी-गैरीखेत मासेर स्वीमिङ पुलसहित रेस्टुराँ सञ्चालन

1333 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ-वि.सं २०६१ सालदेखि पटकपटक ९ वर्ष वैदेशिक रोजगारीमा रमाएका कल्याण आचार्य अहिले गाउँमै युवा पंक्तिलाई मनोरञ्जन दिलाउँदै आएका छन् । कतारमा ८ वर्ष र मलेसियामा १५ महिना गाडी चालक भई काम गर्दा आचार्यमा नयाँ सोच आयो वैदेशिक रोजगारको कमाइ गाउँमा लगानी गर्ने । उनले सोहीबमोजिम गल्छी गाउँपालिका–३ गैरीमा बडरे भ्यु एन्ड गुलेली रेस्टुराँ सञ्चालनमा ल्याएका छन् । करिब ३५ लाख लगानीमा ६ रोपनी गैरीखेत मासेर स्वीमिङ पुलसहित रेस्टुराँ सञ्चालनमा ल्याएका हुन् । रेस्टुराँमा मनभोग चामलको भात,

 

रामपुरे मकैको ढिडो, स्थानीय जातका कुखुराको मासुसहित स्थानीय उत्पादन उपलब्ध छ ।
रेस्टुराँबाट सिद्धलेक वडा नम्वर ७ को बडरे देखिने भएकाले बडरे भ्यु र रेस्टुराँटको विषेशता भनेको आफैले गुलेली हानेर लोकल भाले मारेर खान पाउने व्यवस्था भएकाले गुलेली रेस्टुराँ राखिएको आचार्यले बताए । साथै पछिल्लो समय होटल तथा रेस्टुराँमा अनिवार्यजस्तै बनेको स्वीमिङ पुलमा रमाउनुको मजा बेग्लै छ । स्वीमिङ पुलको छेउमा कटेज निर्माण गरिएको छ । स्वीमिङ गर्दै मन परेका परिकार कटेजमा बसेर खाने व्यवस्था मिलाएका छु आचार्यले भने । हाल रेस्टुराँमा पक्की रुम छैन । टेन्टमा सामूहिक सुत्ने व्यवस्था मिलाइएको छ । एक जोडीका लागि एउटा टेन्ट र ६-७ जना सुत्न मिल्ने दुईवटा टेन्ट राखेको छु ।

साथी भाइको आग्रहमा निमार्णाधीन अवस्थामा नै घटस्थापनादेखि नै स्वीमिङ पुल सञ्चालनमा ल्याएको हो । “तिहारलगत्तै २ जनाका लागि न्यूनतम सुविधासहितको रुम निर्माण गर्ने योजना छ,” उनले भने, “अब करिब २५ लाख लगानी गरेर २५ जनासम्म बस्न सक्ने रुम बनाउन योजना छ ।” पृथ्वीराज मार्गको आदमघाटदेखि २ किमि उत्तर त्रिशूली नदीको झोलुङ्गेपुल तरेर पुगिने रेस्टुराँबाट ४ घण्टको हिँडाइमा गुप्तेश्वर महादेवको दर्शनसमेत गर्न सकिने उनले बताए ।

उनी वैदेशिक रोजगारीमा गएकालाई लामो समय अर्काको देशमा कमाइ गर्नुभन्दा कमाइ बचत गरेर नेपालमा दिगो किसिमको व्यवसाय गर्न सुझाव दिन्छन् । बल हुँदासम्म अर्काको देशमा काम गरेर के गर्नु, बल छँदैमा आफ्नो देशमा व्यवसाय गरे परिवारसँगै बसेर काम गर्न पाइने उनको भनाइ छ । वैदेशिक रोजगारमा छँदा एक्लै काम गर्थें, अहिले चार जनालाई रोजगारी दिएको छु । वैदेशिक रोजगारीमा गएका फर्केर व्यवसाय गरे पनि एक जनाले दुई जनालाई रोजगारी दिँदा ३० लाख युवाले स्वदेशमै रोजगारी पाउने आचार्यको दाबी छ ।

कारोवार डेलि डट कमबाट


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic