धादिङ अस्पतालमा सुविधा सम्पन्न बहिरंग भवन

2004 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
धादिङ,१२ कात्तिक – धादिङ जिल्ला अस्पतालको नवनिर्मित सुविधा सम्पन्न बहिरंग भवन अस्पताललाई हस्तान्तरण गरिएको छ ।
अमेरिकेयर्श फाउण्डेशनको आर्थिक सहयोगमा हिमालयन हेल्थ केयर  नेपालद्धारा निर्माण गरिएको बहिरंग भवन र कर्मचारी आवास भवन सोमबारबाट अस्पताललाई हस्तान्तरण गरिएको हो । २०७२ सालको भुकम्पबाट क्षती भएको अस्पतालको बहिरंग भवन र कर्मचारी आवास कुल ४ कारोड ५० लाख ४१ हजार एक सय ६ रुपैयामा निर्माण गरिएको हो । बहिरंग भवनमा आधुनिक स्वास्थ्य उपकरण एवम फर्निचर जडान गरिएको छ ।

 नवनिर्मित वहिरंग भवन उद्घाटन गर्नुहुंदै स्वास्थ्य राज्यमनत्री डाक्टर सुरेन्द्रकुमार यादव ,तस्बिर :  केशव अधिकारी / धादिङ न्यूज

नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगानाको अध्यक्षतामा भएको अस्पताल तथा आवास भवन हस्तान्तरण कार्यक्रम सोमवार जिल्ला अस्पताल परिसरमा सम्पन्न भएको थियो ।कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्रकुमार यादवको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा अमेरिकेयर्शका उपाध्यक्ष राचेल ग्रेन्जर  र एसिया  डाईरेक्टर जोन लिटले फिड  का साथै संघिय समाजवादी फोरमका केन्द्रिय सदस्य कृष्णशंकर साह जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल, उपप्रमुख विन्दा बरामु,प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, नेकपा धादिङका सचिवालय सदस्य एवम नीलकण्ठ नगरपालिकाका उपप्रमुख शैलेश भण्डारी, नेपाली काँग्रेसका उपसभापति भक्त लामा, सिद्धलेक गाउँपालिकाका अध्यक्ष एवम धादिङ अस्पतालm विकास समितिका पुर्व अध्यक्ष प्रेमनाथ सिलवाल,हिमालयन हेल्थ केयर नेपालका अध्यक्ष सोनी केसी पराजुली, प्रहरी नायव उपरिक्षक डम्बरबहादुर विक,जिल्ला सवास्थ्य कार्यालयका प्रमुख महेश्वर श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो । हिमालय हेल्थ केयरले गएको २६ बर्ष देखि धादिङ जिल्लाको उत्तरीक्षेत्रका गाउँबस्तीमा शिक्षा, कृषि, पशुविकासका साथै स्वास्थ्य संस्था भवन निर्माणमा सहयोग गर्दै आईरहेको संस्थाका प्रतिनिधि शम्भुसिंह ठकुरीले जानकारी दिनु भयो ।

 नवनिर्मित वहिरंग भवन उद्घाटन गर्नुहुंदै स्वास्थ्य राज्यमनत्री डाक्टर सुरेन्द्रकुमार यादव ,तस्बिर :  केशव अधिकारी / धादिङ न्यूज

हिमालयन हेल्थ केयरको समन्वयमा अमेरिकेयर्स फाण्डेशनको आर्थिक सहयोगमा जिल्लाको भुमेस्थान स्वास्थ्य चौकीको मर्मत सम्भार र छत्रेदेउराली स्वास्थ्य चौकीको रेटरोफिटिङ गरिएको छ । यसै गरी तिप्लिङ, लापा, झार्लाङ,रि,पिडा, र सलाङ स्वास्थ्य चौकीको पुर्ननिर्माण गरिएको र ति भवनहरुमा पनि स्वास्थ्य उपकरण र फर्निचर उपलव्ध गराउने संस्थाले जनाएको छ ।

स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्रकुमार यादवको रक्तचाप परिक्षण गरिंदै , तस्बिर : केशव अधिकारी / धादिङ न्यूज