धादिङबेसीमा दुर्घटना,ट्रिपर चालक घाईते

945 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, १७ कात्तिक – सदरमुकाम धादिङबेसीमा शनिवार विहान भएको ट्रिपर दुर्घटनामा परि ट्रिपरका चालक घाईते भएका छन् ।
विहान १० वजे तिर नीलकण्ठ नगरपालिका पुछारबजारको पुलमा मलेखुतर्फबाट धादिङको सदरमुकाम आउदै गर्द बा२क ७०२० नम्वरको ट्रिपर सोही दिशाबाट अघि अघि आउदै गरेको बा२क ९१११ नम्वरको ट्रिपर संग ठक्कर खाँदा बा२क ७०२० नम्वरको ट्रिपरको चालक च्यापिएर घाईते भएका हुन । घाईते हुने ट्रिपर चालक लम्जुङ्ग निवासी अन्दाजी ४० वर्षका अनिल कुमार सार्की  रहेका छन् ।
घाईते चालकलाई स्थानीयवासी, प्रहरी, रेडक्रसका उद्धारकर्मी लगायतको टोलीले आधा घण्टाको कठिन प्रयास पछि उद्दार गरिएको थियो ।
घाईतेलाई जिल्ला अस्पताल धादिङमा उपचार पछी थप उपचारका लागी काठमाण्डौ लगिएको छ । घाईते चालकका अनुसार लोड ट्रिपरको ओरालोमा ब्रेक फेल भएपछि अगाडिको ट्रिपरमा ठोकिन पुगेको हो ।
दुवै ट्रिपर अहिले प्रहरीको नियन्त्रणमा रहेको छ ।