धादिङमा स्थानीय पूर्वाधार विकास कार्यक्रममा ३४ वटा योजना, ८ करोड विनियोजन

3049 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ न्यूज समाचारदाता
धादिङ, २ मंसिर – दुई वटा संघीय निर्वाचन क्षेत्र रहेको धादिङमा संघीय सांसदले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि ३४ वटा योजनामा ८ करोड विनियोजन गरेका छन् । विनियोजित बजेट सडक, खानेपानी, शिक्षा, सिँचाइ योजनाका साथै र अन्य भौतिक पूर्वाधारका लागि विनियोजन गरिएको छ । निर्वाचित प्रतिनिधिसभा सदस्य खेमप्रसाद लोहनी र भुीमप्रसाद त्रिपाठीले आव २०७५/०७६ का लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाका २ वटै निर्वाचन क्षेत्रका लागि विभिन्न ३४ योजना छनोट गरेको हो । निर्वाचन क्षेत्र नं. १ मा चार करोडमा १४ वटा योजना र निर्वाचन क्षेत्र नं. २ मा ४ करोडमा २० वटा योजना सञ्चालन हुने छ । स्थानीय पूर्वाधार र विकास साझेदारी कार्यक्रम सञ्चालन परामर्श समितिको परामर्श लिएर निर्देर्श समितिले गत शुक्रबार योजनाहरुको निर्णय गरेकोनिमित्त जिल्ला समन्वय अधिकारी ईन्जिनियर कृष्णलाल श्रेष्ठले बताए ।स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम स्थानीय तहमार्फत कार्यान्वयन हुने नीतिगत व्यवस्था रहेको छ ।

संघीय संसद्का लागि दुई वटा निर्वाचन क्षेत्र तोकिएको धादिङमा क्षेत्र नम्बर १ का  प्रतिनिधिसभा सदस्य भुमिप्रसाद त्रिपाठीले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत १४ योजना छनोट गरेका छन् ।क्षेत्र नम्बर १ मा धुनिवेशी नगरपालिकाको साथै थांक्रे, गल्छी, गजुरी,वेनिघाटरोराङ र सिद्धलेक गाउँपालिका पर्दछ ।

स्थानीय तह, जिल्ला समन्वय समिति, प्रदेशका जनप्रतिनिधि र सरोकारवालासँगको परामर्शपछि कार्यविधिअनुसार १४ योजनाका लागि ४ करोड  बजेट बाँडफाँट गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरेको त्रिपाठीले बताउनु भयो ।

निर्वाचन क्षेत्र नंम्बर १ का सांसद भूमीप्रसाद त्रिपाठीको संयोजकत्वमा वसेको निर्देशक समितिको बैठकले कृषि क्याम्पस सञ्चालनार्थ चन्द्रदोय बहुमुखी क्याम्पस भवन निमार्ण गर्न बेनीघाट रोराङ ५ विशालटारलाई ५० लाख, नमूना वागेश्वरी बहुमुखी क्याम्पस भवन निमार्णका लागि गल्छी ७ गल्छीलाई ५० लाख, महादेवशी–रातमाटे–लिती दोभान आग्रा थाहा नगरपालिका जोड्ने सडक निमार्ण गर्न थाक्रेलाई ५० लाख, परेवाटार–कुम्पुर भञ्ज्याङ–वाघ वछला–कालीदह सडक निमार्णका लागि सिद्धलेकलाई ५० लाख, रिष्ठावोटे–महादेवखर्क–सागर भञ्ज्याङ सडक निमार्णका लागि गजुरी ८ किराञ्चोकलाई ५० लाख विनियोजन गरेको हो । त्यसै गरी जयवागेश्वरी बहुमुखी क्याम्पस रिचोकटारमा शौचालय तथा कम्पाउण्ड वाल निमार्णका लागि बेनीघाट रोराङ ५ रिचोकटारलाई २० लाख, महाकाली बहुमुखी क्याम्पस भवन निमार्ण गर्न थाक्रे २ सिम्लेलाई २० लाख विनियोजन गरेकाछन् । यसैगरी प्राविधिक शिक्षा सञ्चालनार्थ जनजागृति माध्यामिक भवन निमार्ण थाक्रे ६ महादेववेशीलाई २० लाख, मछिन्द्र बहुमुखी क्याम्पस भवन निमार्ण धुनीवेशी ७ खानीखोलालाई २० लाख, आमा समुह भवन निमार्ण सिद्धलेक २ थलडाँडालाई १० लाख, दलाङ खानेपानी योजना गल्छी १ दलाङलाई १० लाख, कोत कालिका धुनीवेशी ४ लाई २० लाख, गौरावारी–मेलमुलावारी खानेपानी धुनीवेशी २ लाई २० लाख र उन्नतीसिल महिला सामुदायिक भवन निमार्ण धुनीवेशी ३ लाई १० लाख गरी ४ करोड रुपैयाँ विनियोजन गरेको सांसद त्रिपाठीले बताउनु भयो  ।

क्षेत्र नम्बर २ मा  ४ करोडमा २० वटा योजना

यसै गरी निर्वाचन क्षेत्र नं. २ कासांसद खेमप्रसाद लोहनीकोे संयोजकत्वमा वसेको निर्देशक समितिले सडक, खानेपानी, लघु जलविद्युत , विद्यालय तथा सामुदायिक भवन निमार्ण सहितका २० योजना वटामा चार करोड विनियोजन गरेको छ । क्षेत्र नम्बर २ मा नीलकण्ठ नगरपालिकाको साथै ज्वालामुखी, त्रिपुरासुन्दरी,गंगा जमुना, रुवीभ्याली, खनियाबास र नेत्रावती गाउँपालिका पर्दछ ।
रकम विनियोजन गरिएका योजनाहरु बुढाथुम–वाँसखर्क–हिलेपोखरी सडक गंगाजमूना ५ र ७ लाई ५० लाख, हुलाक भञ्ज्याङ–चैनपुर–बुङकोटघाट सडक ज्वालामुखी ६ र ७ लाई ५० लाख, मदन आश्रित स्मृति भवन निमार्ण सुधार नीलकण्ठ ३ लाई २० लाख, दुङसेल झरना लघु जलविद्युत आयोजना निमार्णका लागि रुवीभ्याली १ लाई १५ लाख, बुम्ला खोला लघ ुजलविद्युत आयोजना नहर निमार्ण रुवी भ्याली ५ लाई १५ लाख, रवेल्पी खोला लघु जलविद्युत आयोजना नहर मर्मत सुधार रुवीभ्याली ३ लाई १० लाख रकम विननियोजन गरिएको छ । त्यसै गरी निर्वाभन क्षेत्र नम्बर २ मा कालाङम्राराङ–दुलदली–चर्ति–झालाङ मावि–न्यान्छो–सिंला सडक निमार्ण खनियावास २ लाई २५ लाख विनियोजन गरिएको छ भने विशाल खेलमैदान निमार्ण खनियावास ४ दार्खालाई १० लाख, किन्ताङफेदी–सालथुम–मस्तमावलीस्थान–सातदोवाटो सडक गंगाजमूना ४ लाई २५ लाख, ताजिम्राङ–किचेत सडक गंगाजमूना १ लाई २५ लाख, वेलुङ भञ्ज्याङ–कार्कीगाँउ–आपचौर–हाइड्रो सडक २५ लाख, गोलाङटार–रिङरोड सुधार विस्तार त्रिपुरासुन्दरी ६ लाई १५ लाख, खडरे खोला दुदेमुहान खरेनी सिंचाई त्रिपुरासुन्दरी ७ लाई १० लाख र महेन्द्र मावि साँखु भौतिक पूर्वाधार तर्फ नीलकण्ठ २ लाई १५ लाख विनियोजन गरिएको छ । सातमुले–तारुखर्क लिफ्ट खानेपानी निमार्ण नलिकण्ठ ७ लाई १५ लाख, सरस्वती मावि भवन निमार्ण नीलकण्ठ १४ लाई २० लाख, ज्यामिरे खानेपानी आयोजना नीलकण्ठ ८ लाई १५ लाख, डुँडेपहिरो –कालिकास्थान खानेपानी आयोजना सोलार जडान गर्न ज्वालामुखी ४ लाई १५ लाख, लासाङ छोइलिङ गुम्वा निमार्ण नेत्रावती दोवजोङ १ पोलचेतलाई १० लाख र पिमल खोला–पात्ले – महेन्द्रदय माविसम्म सिढी निमार्ण नीलकण्ठ १ लाई १५ लाख विनियोजन गरिएको छ ।
गाँउपालिका अध्यक्ष, नगरपालिका प्रमुख, जिल्ला समन्वय समितिका  प्रमुख र उपप्रमुख, प्रदेश सभा सांसद, संघीय सांसद (समानुपातिक) सदस्य रहएको परामर्श समितिमा जिल्ला समन्वय अधिकारी सदस्य सचिव र संवन्धीत निर्वाचन क्षेत्रका संघीय सांसद संयोजक रहने व्यवस्था रहेको छ । स्थानीय पूर्वाधार रविकास साझेदारी कार्यक्रमबाट सञ्चालित योजनाको समन्वय तथा अनुगमन जिल्ला समन्वय समितिले गर्ने छ ।