तामाङ कोअपरेशन सोसाइटी अफ क्यालिफोर्नियामा नयाँ कार्यसमिति

791 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

क्यालिफोर्निया- तामाङ को–अपरेशन सोसाईटी अफ क्यालिफोर्नियाको चौथो महाधिवेशन नयाँ कार्यसमिति गठन गर्दै  सम्पन्न भएको छ । २४ नोभेम्बरमा क्यालिफोर्नियामा आयोजित महाधिबेशनको प्रमूख अतिथि  शेर लामा हुनु हुन्थ्यो ।
महाधिबेशनबाट चयन भएका अध्यक्षमा प्रेम लामा, उपाध्यक्षमा रेणु योन्जन र  बुद्धिमान तामाङ, महासचिवमा सुरज पाख्रिन, सचिवमा ज्ञानबहादुर लामा हुनुहुन्छ । त्सयैगरी कोषाध्यक्षमा प्रतिमा लामा र सदस्यमा विजय लामा, सुकदेव तामाङ, रमा योन्जन, अमृत घिसिङ र पदम तामाङ सर्बसम्मतीबाट चयन भएको सोसाइटीले जनाएको छ । २००९ मा स्थापना गरिएको यो संस्था बिशुद्ध सामाजिक संस्थाका रुपमा क्रियाशिल रहेको छ ।
महाधिबेशनको उद्घाटन सत्रमा विद्यासागर योन्जन, दिकी लामा र रत्तु लामाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।