रावलडाँडामा विद्यालय भवन को सामाजिक परिक्षण

1337 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बेनीघाटरोराङ-  बेनीघाटरोराङ गाउँपालिका वडा नम्वर २ मा रहेको रावलडाँडा आधारभुत विद्यालयमा निर्माण सम्पन्न भएको २ कोठे विद्यालय भवनको सामाजिक परिक्षण गरिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले धादिङ जिल्लामा सञ्चालन गर्दै आइरहेको भुकम्पपछिको पुनर्निर्माण र पुनस्थापनामा सदाचार (आईपिइआरआर) कार्यक्रम अन्तर्गत शुक्रवार विद्यालयमा सामाजिक परिक्षण गरिएको हो ।                                           विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष सोमराज पाण्डेको अध्यक्षतामा भएको सामाजिक परिक्षण कार्यक्रममा बेनीघाट रोराङ गाउँपालिका वडा नम्वर २ का वडाअध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंकबहादुर थापा, विद्यालयका प्रधानाध्यापक सञ्जीव रावल, लगायत विद्यालयका पूर्व व्यवस्थापन समितिका अध्यक्ष तथा समाजसेवीहरु र अभिभावकहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेशन नेपालका बरिष्ठ कार्यक्रम अधिकृत विनोद भट्टराईले सामाजिक परिक्षणको बारेमा आवश्यक जानकारी गराउनुभएको ।

                                       सो क्रममा उहाले विद्यालय निर्माण शुरु भएदेखि निर्माण सम्पन्न हुँदा सम्मका सबै विषयमा स्थानीय अभिभावकले सो को विषयमा जानकारी राख्नु महत्वपूर्ण भएको भन्दै विद्यालयन निर्माणको सबै मापदण्ड पुरा भए नभएको, आर्थिक पारदर्शिता भए नभएको, समय समयमा अभिभावकहरुसँग छलफल गरिए नगरिएको सबै विषयमा आवश्यक जानकारी गराउनुपर्ने बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सञ्जीव रावलले विद्यालयको आर्थिक गतिविधि प्रस्तुत गर्नुभएको थियो भने जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) धादिङका प्राविधिक दुर्गा तिमिल्सिनाले विद्यालयको प्राविधिक विषयका बारेमा सहभागिहरुलाई जानकारी गराउनुभएको थियो । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले धादिङमा भुकम्पपछिको पुननिर्माणमा सदाचार कार्यक्रम सञ्चालन गर्दै आइरहेको कार्यक्रमका जिल्ला अधिकृत सानुबाबु तिमिल्सिनाले जानकारी गराउनुभयो ।